19 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडालखनबाटिकामा बाटो शिलान्यास

लखनबाटिकामा बाटो शिलान्यास

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा–१२ स्थित लखनबाटिकामा भित्रीपथ बाटोको शिलान्यास गरिएको छ । प्रथम शहीद क्याप्टेन लखन थापामगर स्मृति बाटिका मकवानपुर अध्यक्ष विश्व आलेमगरको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका पूर्वखानेपानी तथा सिचाईं मन्त्री एकलाल श्रेष्ठको प्रमुख आतिथ्यता थियो ।

शुक्रबार एक कार्यक्रमबीच प्रदेशका पूर्वमन्त्री श्रेष्ठले शिलान्यास गरेका हुन् । लखनबाटिका अध्यक्ष आलेमगरका अनुसार भित्रीपथ बाटोमा इन्टरलक ब्लक लगाउन प्रदेश सरकारबाट १० लाख प्राप्त भएको छ । हाल उक्त रकमबाट लखनबाटिका स्मृतिको भित्रीबाटोमा १ सय १ मिटरको वाल लगाउने, ४ मिटरको बाटोलगायत महिला/पुरुषको शौचालय बनाउने कार्य भइरहेको उनले जानकारी दिए । लखनबाटिकाको भित्रीपथ बाटो निर्माण गर्नमात्र नभइ विभिन्न विकासका काम गर्नका लागि सबैबाट सहयोग प्राप्त र उक्त ठाउ“को चिनारीलाई महत्वसाथ हेरिदिएको भन्दै अध्यक्ष मगरले खुशी व्यक्त गरे ।

भित्रीपथ शिलान्यास गर्ने क्रममा मन्त्री श्रेष्ठले देशका राष्ट्रिय विभूति र देश बनाउनका लागि पुर्खाले पुर्‍याएको योगदानप्रति बयान गरे । हेटौंडाबासीले लखनबाटिका बनाउनका निम्ति लगनशील भएर लागेकोमा उनले खुशी व्यक्त गरे । हेटौंडालाई सुन्दर र पर्यटकीय क्षेत्र बनाउनका लागि आफू लागिपरेको उनले बताए । ॅहेटौंडा–१२ मात्र नभइ अन्य विभिन्न पार्क बनाउनका लागि केही रकम छुट्याइएको छ । पूर्वमन्त्री श्रेष्ठले भने–नेपाल एउटा साझा फूलवारि भएकाले कुनै जातिबाट छुट्याउन नहुने र यसलाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउनमा हामीले नै भूमिका खेल्नुपर्छ । कसैलाई भेदभाव गर्न हु“दैन ।

कार्यक्रममा समाजसेवी राजेश नगरकोटी, फूलवारी टोलविकास अध्यक्ष कृष्ण थिङ, परिवर्तन सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष नन्दकिशोर नेपाली, नेपाल बौद्ध सेवा समाज मकवानपुर अध्यक्ष ज्ञानबहादुर कालीकोटे, महिलामिलन बचत तथा ऋण समिति अध्यक्ष, सामुदायिक प्रहरी सेवाकेन्द्र प्रमुखलगायतको आतिथ्यता थियो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here