31.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाएमाले उपमहानगर कमिटीको सपथग्रहण

एमाले उपमहानगर कमिटीको सपथग्रहण

हेटौंडा/नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय, वागमती प्रदेशस्तरीय र मकवानपुर जिल्लास्तरीय नेताहरुको उपस्थितिमा एमाले हेटौंडा उपमहानगरपालिका कमिटीको सपथग्रहण तथा पदभार कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमाले पार्टी कार्यालयमा एक कार्यक्रमबीच नवनिर्वाचित अध्यक्ष बोलबहादुर कार्की नेतृत्वको हेटौंडा उपमहानगरपालिका कमिटीका पदाधिकारी तथा सदस्यले पद तथा गोपनियताको सपथग्रहण गरेका हुन् । एमाले नगर कमिटीको निर्वाचन प्रक्रियाबाट कार्यसमिति चयन गरिएको थियो । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्यहरु रामेश्वर राना, केदार न्यौपाने, वागमती प्रदेश कमिटीका सदस्यहरु रघुनाथ खुलाल, गोपाल श्रेष्ठ, एमाले मकवानपुर अध्यक्ष श्रीधर पोखरेललगायत नेताहरुको आतिथ्यता थियो ।

मंसिर ३० गते नगर कमिटीको अधिवेशन भएको थियो । पुस १ गते भएको निर्वाचनबाट कार्की नेतृत्वको नगर कमिटी चयन भएको थियो । अध्यक्ष कार्कीलाई निर्वाचन अधिकृतले सपथग्रहण गराए भने अरु पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष कार्कीले सपथग्रहण गराए । कार्यक्रममा प्रेस चौतारीका तर्फबाट वागमती प्रदेश र मकवानपुरमा पत्रकार महासंघमा विजयीहरुलाई खादा र टीका लगाएर सम्मान गरिएको थियो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here