20 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाहेटौंडा एकेडेमीको रोमाञ्चक जित

हेटौंडा एकेडेमीको रोमाञ्चक जित

हेटौंडा/हेटौंडा एकेडेमी बालिका क्रिकेट टोलीले माउन्ट एभरेष्ट टोलीलाई २ सय ३८ रनको लक्ष्य दिएर रोमाञ्चक जित हासिल गरेको छ । वुमन्स क्रियो फेस्टिवलअन्तर्गत् फाइनलमा हेटौंडा एकेडेमी बालिका क्रिकेट टोली र माउन्ट एभरेष्ट बालिका क्रिकेट टोलीबीच रोमाञ्चक प्रतिस्पर्धा भयो । माउन्ट एभरेष्टले टस जितेर पहिला बलिङ गर्ने निर्णय गर्‍यो ।

पहिलो ब्याटिङ गरेको हेटौंडा एकेडेमी टोलीले उत्कृष्ट प्रदर्शन गर्दै २ सय ३८ रनको लक्ष्य प्रस्तुत गर्‍यो । कप्तान चन्दा सहनी र विकेटकिपर यादृक्षा न्यौपानेले उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याए । जवाफमा माउन्ट एभरेष्ट टोलीले संघर्ष गर्‍यो । तर, २ सय २६ रनमै अलआउट हुन बाध्य भयो । हेटौंडा एकेडेमी टोलीको बलिङमा कप्तान सहनी, यादृक्षा न्यौपाने र सुस्मिता भुजेलले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण विकेट लिएका थिए ।

कप्तान चन्दा सहनी र यादृक्षा न्यौपानेको ब्याटिङ र बलिङ प्रदर्शनका साथै भुजेलको बलिङले टोलीलाई जित दिलाउन ठूलो योगदान पुर्‍यायो । हेटौंडा एकेडेमी टोलीले १२ रनको रोमाञ्चक जित हासिल गर्दै उपाधि उचाल्न सफल भयो । उक्त खेलले दर्शकलाई रोमाञ्चित बनाउँदै बालिका क्रिकेटको ऐतिहासिक क्षणको साक्षी बनाएको
थियो । हेटौंडा एकेडेमी टोलीका सदस्यमा रिचा ठाकुर, पुनम चौरसिया, क्रिष्टिना चौलागाईं र राजेश्वरी पराजुली पनि थिए ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here