31.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडा१४ किलो गहनासहित दुई पक्राउ

१४ किलो गहनासहित दुई पक्राउ

हेटौंडा/जिल्ला प्रहरी कार्यालय बाराले २५ लाख मूल्यबराबरको १४ किलो चाँदीका गहनासहित दुई जनालाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रबनानि त्रिभुवनलाल साहको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–२१, अमलेखगञ्जमा पथलैयाबाट हेटौंडा आउँदै गरेको ना. ५२ प २५८४ र ना. ५५ प ३९३२ नम्बर मोटरसाइकल चेक गर्दा चाँदीका गहना बरामद भएको जिप्रका बाराका प्रवक्ता प्रनाउ प्रकाश सापकोटाले जानकारी गराएका छन् ।

प्रहरीले प्रसौनी गाउँपालिका वडा–६, प्रस्टोका बस्ने वर्ष ३३ का सन्तोष साहसोनार र जीतपुरसिमरा उमनपा वडा–८, गमरगावाटोल बस्ने वर्ष २७ को सुरेश महतोलाई पक्राउ गरेको जनाएको छ । दुवै जनाले मोटरसाइकलको टयांकीभित्र फल्सबटम बनाइ चाँदीका गहना लगिरहेको अवस्थामा बरामद गरिएको प्रवक्ता प्रनाउ सापकोटाले बताए । सोनारको मोटरसाइकलबाट १६ लाख १० हजार ३ सय २५ मूल्य बराबरको ९ किलो चाँदीको गहना र महतोको मोटरसाइकलबाट आठ लाख ९४ हजार ६ सय २५ मूल्य बराबरको ५ किलो चाँदीको गहना बरामद भएको प्रवक्ता सापकोटाले बताए ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here