हेटौंडा/शिक्षा युवा तथा खेलकुद शाखा थाहा नगरपालिकाको आयोजनामा भएको मावि नगरस्तरीय शैक्षिक प्रदर्शनीमा पालुङ भ्याली हार्ट एकेडेमी प्रथम भएको छ । जनकल्याण माविमा भएको प्रदर्शनीमा झम्केश्वरी मावि द्वितीय र मत्स्यनारायण माविले तृतीय स्थान हासिल गरेका छन् । प्रथम भएको भ्याली हार्ट पुस १९ गते हेटौंडामा हुने जिल्लास्तरीय प्रदर्शनीमा सहभागी हुनेछ ।
विजयी विद्यालय र विद्यार्थीहरुलाई प्रमुख अतिथि थाहा नगर प्रमुख विष्णु बिष्टले प्रमाणपत्र तथा पुरस्कार वितरण गरे । कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, जनकल्याण मावि प्रधानाध्यापक सानोभाइ कार्की, विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजीव स्यांतानले मन्तव्य व्यक्त गरेका थिए ।