19 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडामकवानपुरमा महिला क्रिओ फेस्टिबल

मकवानपुरमा महिला क्रिओ फेस्टिबल

हेटौंडा/क्रिकेटमा महिलालाई आकर्षण गर्न मकवानपुरमा महिला क्रिओ फेस्टिबल सुरु भएको छ । पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको खेल क्रिकेटमा महिलालाई आकर्षण र प्रोत्साहन गर्ने उद्धेश्यसाथ मकवानपुर जिल्ला क्रिकेट संघले फेस्टिबल आयोजना गरेको हो । हेटौंडा-४ का वडा अध्यक्ष नवीन सिग्देलले ब्याटिङ गरेर फेस्टिबल सुरु गरेका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को महिलालाई क्रिकेट खेलमा प्रोत्साहन गर्ने योजनाअन्तर्गत् मकवानपुर जिल्ला क्रिकेट संघले दुई दिने फेस्टिबल आयोजना गरेको संघ सचिव बिनोदकुमार बानियाँले जानकारी दिए । नेपालमा क्रिकेटको मोह बढ्‌दै गएको अवस्थामा विद्यार्थी समयदेखि नै खेलप्रति आर्कषण गर्नका निम्ति फेस्टिबल आयोजना गरिएको उनले बताए । फेस्टिबलमा क्रिकेट क्षेत्रमा छात्राको चाहना बढाउने, खेलबारे जानकारी दिने र आवश्यक प्रशिक्षणसमेत गराउने कार्यक्रम रहेको बानियाँ बताउँछन् ।

हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा आयोजना गरिएको फेस्टिबलमा उपमहानगरका ७ र मकवानपुरगढी गाउँपालिकाको १ गरी ८ विद्यालयको टिम सहभागी रहेको महिला क्रिकेट फेस्टिबल कार्यक्रम संयोजक प्रेम क्षेत्रीले बताए । फेस्टिबलमा सामुदायिक र संस्थागत् दुवै विद्यालयको सहभागितामा रहेको र सहभागी विद्यालयको टिमबीच हेटौंडा-४ स्थित हुप्रचौरमा ६ ओभरको खेल हुने उनले जानकारी दिए । फेस्टिबलले आगामी दिनमा क्रिकेटमा महिला खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here