31.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडामन्त्री र सचिवलाई हेटौंडामा नै बस्न निर्देशन

मन्त्री र सचिवलाई हेटौंडामा नै बस्न निर्देशन

हेटौंडा/वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले प्रदेशका मन्त्री र सचिवहरुलाई केही दिन प्रदेश राजधानी हेटौंडामा नै बस्न निर्देशन दिएका छन् । मुख्यमन्त्री लामाले आफू नेतृत्वको सरकारका रहेका मन्त्रीहरुलाई चार दिन र सचिवहरुलाई पाँच दिन हेटौंडामा बस्न निर्देशन दिएका हुन् ।

मंगलबार हेटौंडा-२ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित मन्त्रालयगत्‌रुपमा चालु आर्थिक वर्ष २०८१/०८२ को पछिल्लो महिनाको प्रगतिको समीक्षालाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले यस्तो निर्देशन दिएका हुन् । उनले सरकारको नीति तथा कार्यक्रम र बजेट पूर्णरुपमा कार्यान्वयन नहुँदा विकासनिर्माणले गति लिन नसकेपछि मन्त्रीहरुलाई हेटौंडामै रहेर कार्यसम्पादन गर्न भनेका हुन् ।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले सरकारले बजेट खर्च बढाउन र तीव्ररुपमा योजना सम्पन्न गर्न निर्देशन भएको जानकारी दिए । उनले भने-अत्यावश्यक कामबाहेक हेटौंडा नछाड्‌न र मन्त्रालयमै रहेर काम गर्न मुख्यमन्त्रीबाट हामीलाई निर्देशन भएको छ । १४ मन्त्रालय रहेको वागमती प्रदेशको समीक्षा बैठकमा प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरु र सचिवहरुको सहभागिता थियो । बैठकमा चार मन्त्री अनुपस्थित थिए ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here