27.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाजेसीआईमा मकवानपुरको शान

जेसीआईमा मकवानपुरको शान

हेटौंडा/जेसीआई नेपालको वर्ष २०२५ का लागि राष्ट्रिय उपाध्यक्षमा मकवानपुरका संगम कार्की निर्वाचित भएका छन् । इटहरी जेसीजको आतिथ्यतामा आयोजित जेसीआई नेपालको ५१ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत् सोमबार राति सम्पन्न निर्वाचनको अन्तिम मत परिणामअनुसार संगमले ९ सय ५८ मत ल्याएर राष्ट्रिय उपाध्यक्षमा विजयी भएका हुन् ।

राष्ट्रिय उपाध्यक्ष निर्वाचित संगम पालुङ जेसीज वर्ष २००५ का अध्यक्ष सानोभाइ कार्कीका जेठा छोरा हुन् । उनले २०१६ मा पालुङ जेसीजबाट जेसीजयात्रा सुरुवात गरेका थिए । त्यसपछि उनी २०१७ मा साधारण सदस्य, २०१८ मा ओमकर क्वीज कन्टेष्ट संयोजक, २०१९ मा उपाध्यक्ष, २०२० मा कोषाध्यक्ष, २०२१ मा महासचिव, २०२२ मा कानुनी सल्लाहकारको भूमिका निर्वाह गर्दै २०२३ मा सर्वसम्मत् शाखा अध्यक्ष चुनिएका थिए ।

‘२००३ पछि पटकपटकका प्रयासहरुलाई एकमुष्टरुपमा सफलता प्राप्त भएको छ । यो सफलताको पहिलो सिढी हो । नेपाल जेसीज वर्ष २०२५ का लागि राष्ट्रिय उपाध्यक्षमा विजयी हुन सफल हुनुभएकोमा पालुङ जेसीजका निवर्तमान अध्यक्ष संगम कार्कीलाई हार्दिक बधाई तथा शुभकामना’, पालुङ जेसीज वर्ष २०१० का अध्यक्ष सुरेन्द्रमान प्रधानले भनेका छन् ।

नेपाल जेसीजको महासचिवमा हेटौंडाका युवा बिकेशलाल श्रेष्ठ मनोनित भएका छन् । जेसीआई नेपालको ५१ औं राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२५ का लागि अध्यक्ष निर्वाचित रजनी थापाले महासचिवमा बिकेशलाललाई मनोनित गरेकी हुन् । महासचिव मनोनित बिकेशलाल जेसीआई हेटौंडा वर्ष २०२४ का अध्यक्ष, मकवानपुर उद्योग वाणिज्य संघ कार्यसमिति सदस्य, लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथका पूर्वअध्यक्षसँगै विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन् ।

‘मलाई नेपाल जेसीजको गरिमामय महासचिवमा विश्वास गरेर दिनुभएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न प्रयत्न गर्नेछु । मेरो कार्यकालमा जेसीजको मूल्य र मान्यतालाई आत्मसात् गर्दै राष्ट्रिय अध्यक्षको कार्ययोजनाअनुसार संस्थालाई अगाडि बढाउने र सबैलाई समेटेर अगाडि बढ्‌नेछु,’ बिकेशलालले जेसीज युवाको नेतृत्व र व्यक्तित्व विकास गर्ने संस्था भएका कारण सबै क्षेत्रका युवालाई समेटेर अगाडि बढ्‌ने प्रतिबद्धता जनाए ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here