27.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाविश्वभर मनाइँदै क्रिसमस

विश्वभर मनाइँदै क्रिसमस

हेटौंडा/बुधबार क्रिसमस । यो विश्वभरका इसाई धर्माबलम्बीले इसामसिह वा जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा मनाउने पर्व हो । यो २५ डिसेम्बरमा पर्छ र यस दिन लगभग सम्पूर्ण विश्वमा सार्वजनिक बिदा दिइन्छ । क्रिसमस देखि १२ दिनको उत्सव क्रिसमस टाइडको पनि शुरुवात हुन्छ ।

जिससको जन्म महिना र मिति यही नै हो भन्न सकिँदैन । तर, वेस्टर्न क्रिस्चियन चर्चले उनको जन्म डिसेम्बर २५ भनेर तोकेको छ । उक्त मिति जिसस गर्भमा बसिसेकेपछिको ९ महिनापछि भएकाले छानिएको हुनसक्छ । क्रिसमसमा विश्वभरका अधिकांश देशमा सार्वजनिक बिदा दिइने गरिन्छ । जहाँ इसाईहरुको बाहुल्यता छैन, त्यहाँ पनि बिदा दिइएको पाइएको छ ।

इतिहास साक्षी छ, मानव समुदायले आफ्‌ना देवता, अगुवा अनि सम्माननीय व्यक्तित्वहरुको जन्मदिन व्यापक उत्साह अनि सद्‌भावसाथ मनाउने गर्दछन् । चाहे भगवान् कृष्ण होऊन्, वुद्ध, गुरुनानक वा पैगम्बर मोहम्मद । आज भने इसाई धर्मका प्रवर्तक जिसस अर्थात् प्रभु येशुको जन्मदिन हो ।

विभिन्न प्राचीन युरोपियन दस्ताबेजअनुसार क्राइस्ट धर्तीमा आउनपूर्व नै पनि हिउँदको यो मध्य समयमा आगो र प्रकाशको चाड मनाइने कुरा उल्लेख छ । समयसँगै आजको दिनलाई क्रिसमसका रुपमा मनाउन थालिएको हो । इस्वी सम्वत्‌का अनुसार हरेक वर्षको डिसेम्बर २५ लाई क्रिसमसका रुपमा मनाइन्छ भने केही देशले डिसेम्बर २४ मा पनि मनाउने गर्दछन् ।

इस्वी सम्वत्‌लाई क्राइस्टको जन्मअगाडि र एनोनो डोमिनी क्राइस्टपछाडि गरी दुई भागमा बाँडिएको छ । आज यसै उपलक्ष्यमा संसारभरि नै उपहारहरु साटासाट गरिँदै, क्रिसमस रुख सिंगार्दै, भोज आयोजना गरेर अनि गीर्जाघरहरुमा गएर क्रिसमस मनाइन्छ । नजिक जंगल हुने समुदायमा घरका पुरुषहरु जंगल गएर ठूला रुखका मुडा काटेर ल्याउने र आँगनमा बालेर पर्व मनाउने गरिन्छ ।

संयुक्त राज्य अमेरिकामा मात्रै ३ देखि चार करोड क्रिसमस रुखको खरिदबिक्री गरिन्छ । आज खरिद गरिन्छ । स्मरण रहोस्, यस्ता रुख तयार हुनलाई कम्तिमा पनि १५ वर्ष लाग्दछ । चाडबाडमा परम्परागत्‌रुपमा जनावरहरु मारेर खाने चलन मानव समुदायमा सर्वत्र छ । आज धेरै जनावर र चरा, कुखुराहरु खानका लागि काटिन्छन् । हिउँदको मध्यविन्दुमा जनावरहरुलाई चर्न पठाउन गाह्रो हुने र गोठालाहरुले काटेर घाँस वा पराल ल्याउन पनि गाह्रो हुने भएकाले यसरी जनावरहरु काटेर संख्या घटाइने तथ्य पनि बिभिन्न पुस्तकमा उल्लेखित पाइन्छ ।

क्रिसमसको ठूलो आकर्षण भनेको सान्टा क्लस हुन्, रातो टोपी लगाएका अनि सेतो दाह्री, जुंगा भएको मोटोघाटो ठूलो शरीरको साधुले सबैलाई उपहार दिने र खुशी बाँड्‌नेछन् भन्ने विश्वास छ । सान्टा क्लसको प्रतीक्षामा आज धेरै केटाकेटीहरु राति अबेरसम्म सुत्दैनन् । कोही कोही व्यक्तिहरु सान्टा क्लसको भेषमा उपहार र कोसेली बाँडदै, साट्‌दै हिँड्‌दछन् । नाकको ठाउँमा गाँजर, रातो मफलर र अंग्रेजी ह्‌याट पहिरिएको हिउँ जम्मा पारेर बनाएको विदेशका हिमाली क्षेत्रमा अत्यन्त लोकप्रिय छ । हिउँकै चरा बनाउने, हिउँमा खेल्ने अनि नाचगान गर्ने चलन पनि छ । चाडपर्व एउटा उत्साह हो, जसलाई धर्म भन्दा पनि सँस्कार, सँस्कृति, सौहाद्र्रता अनि नितान्त खुशीको अभिव्यक्तिका रुपमा लिइन्छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here