31.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडावातावरण जोगाउन सबै लाग्नुपर्ने

वातावरण जोगाउन सबै लाग्नुपर्ने

हेटौंडा/वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले वातावरण जोगाउन सबै लाग्नुपर्ने बताएका छन् । वातावरण नराम्रो हुँदा सबैलाई प्रभाव पार्ने भएकाले वातावरण जोगाउन सबै लाग्नुपर्नेमा उनले जोड दिए ।

जलवायु कार्यको स्थानीयकरण सार्वजनिक सम्पदा संरक्षण र न्यायमा लंैगिक दृष्टिकोण विषयक कार्यक्रमलाई सोमबार हेटौंडामा सम्बोधन गर्दै मुख्यमन्त्री लामाले मानवीय वातावरण र सम्पदालाई जोगाउनुपर्ने बताए । मुख्यमन्त्री लामाले वातावरण प्रभाव मूल्यांकन गर्दा विशेष ध्यान दिनुपर्ने बताए । जलवायु परिवर्तनको प्रभाव स्थानीयस्तरमा बढी पर्ने भएकाले यसको सचेतना स्थानीय तहमा बढी हुनुपर्ने मुख्यमन्त्री लामाको भनाइ छ ।

कार्यक्रममा प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्‌गीले जलवायु परिवर्तनको असर बढेकोप्रति चिन्ता व्यक्त गरिन् । उनले नीतिगत्‌रुपमा मन्त्रालय सहयोग गर्न प्रतिबद्धता व्यक्त गरिन् । सार्वजनिक सम्पदा जोगाउन नसके पहिचान पनि मेटिँदै जाने बताउँदै उनले सम्पदाको संरक्षण र सम्वद्र्धन गर्नुपर्नेमा जोड दिइन् । राजनीतिकरुपमा महिला अगाडि बढेको बताउँदै अब आर्थिकरुपमा अगाडि बढ्‌नुपर्नेमा मन्त्री खड्‌गीले जोड दिइन् ।

वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले सुबिधाको नाममा पृथ्वीलाई मानव समुदायले ध्वस्त बनाउँदै लगेको बताए । जलवायु परिवर्तनले हिमाल पग्लँदै गएको र तटीय बस्तीका समुदाय जोखिममा रहेको उनको भनाइ छ । कार्यक्रममा एक्सन एड् परियोजना कार्यक्रम संयोजक कविता बस्नेतले जलवायु परिवर्तन र यसले पारेको असरबारेमा कार्यपत्र प्रस्तुत गरिन् । प्रदेशस्तरीय संवाद कार्यक्रममा संघीय सरकारले निर्माण गरेका जलवायुसम्बन्धि नीति, ऐनलाई स्थानीय तहसम्म ल्याउँदा परेको कठिनाइ, समस्यालाई कसरी समाधान गर्नेलगायत विषयमा छलफल भएको थियो । संवाद कार्यक्रमस्थलमा वनसँग जोडिएर उत्पादन गरिएका साबुन, ढक्की, महलगायत स्टल राखिएका थिए ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here