31.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडासडक बन्दको विश्वविद्यालयद्वारा भत्र्सना

सडक बन्दको विश्वविद्यालयद्वारा भत्र्सना

हेटौंडा/मकवानपुरलाई काठमाडौंसँग जोड्‌ने छोटो दुरीको मार्ग थानकोट-चित्लाङ सडक (गणेशमान मार्ग) एक महिनाका लागि बन्द हुने भएको छ । सडक सुधार कार्यका लागि थानकोट-चित्लाङ सडक लामो समय बन्द गरिने भएपछि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले आपत्ति जनाउँदै सडक बन्द फिर्ता लिन माग गरेको छ ।

थाहा नगरपालिका-९ स्थित चित्लाङमा रहेको विश्वविद्यालयले लामो समय सडक पूर्ण बन्द हुँदा विद्यार्थी, कर्मचारी र प्राध्यापकलाई आवागमनमा समस्या हुने र विश्वविद्यालयमा अध्ययन/अध्यापन सञ्चालन हुन नसक्ने जनाएको हो । सडक डिभिजन कार्यालय काठमाडौंले सार्वजनिक सूचना जारी गर्दै थानकोट-चित्लाङ सडक स्तरोन्नतिका लागि उक्त सडकको पानीघाटदेखि चन्द्रागिरिभञ्ज्याङ खण्ड पुस ७ गते आइतबारदेखि आगामी माघ ६ सम्म पूर्ण आवागमन बन्द हुने जनाएको छ ।

विश्वविद्यालयका अध्यक्ष प्रा. राजेन्द्रध्वज जोशीले सडक पूर्ण बन्द हुँदा विश्वविद्यालयमा अध्ययन/अध्यापन सञ्चालन हुन नसक्ने बताए । शैक्षिक क्यालेन्डर प्रभावित हुने गरी सडक बन्द नगर्न विश्वविद्यालयले गरेको अनुरोधलाई बेवास्ता गरिएको भन्दै अध्यक्ष जोशीले भने-सडक बन्द गर्दा जनसमुदायले बेहोर्नुपर्ने लाभ र हानि तथा हानि न्यूनीकरण गर्ने विकल्पको विश्लेषणबिना गरिएको सडक बन्दको विश्वविद्यालय घोर भत्र्सना गर्छ र बन्द फिर्ता लिन जोडदार माग गर्छ । उनले सडक बन्द गर्ने जस्तो संवेदनशील विषयमा गहन विश्लेषणबिना निर्णय गर्ने परिपाटी अन्त्यका लागि जनस्तरबाट पहलकदमी लिन आग्रह गरे ।

उनले सडक बन्द गर्ने योजनाबारे जानकारी प्राप्त भएपछि काठमाडौं सडक डिभिजन, थाहा नगरपालिकालगायत निकायमा सडक बन्द भएमा विश्वविद्यालय सञ्चालन हुन नसक्ने जानकारी गराइएको भन्दै काठमाडौं सडक डिभिजन कार्यालयले विश्वविद्यालयको चिन्तालाई गहनरुपमा नलिएको महसुस भएपछि विश्वविद्यालयले काठमाडौं सडक डिभिजनलाई विश्वविद्यालय नियमितरुपमा सञ्चालन गर्न आवश्यक व्यवस्था गर्न अनुरोध गरिएको बताए ।

सडक विभागमा भएको परामर्श बैठकमा सहभागी भएका विश्वविद्यालयका प्रतिनिधिलाई आफूरुरूले पठाएको पत्रको मर्म बुझ्न सडक डिभिजनबाट प्रयत्नसम्म पनि नभएको भन्दै उनले भने-सडक बन्द गर्ने जस्तो संवेदनशील विषयमा सडक बन्द गर्दा पर्ने प्रभाव र वैकल्पिक उपायसमेतको गहन विश्लेषणबिना विश्वविद्यालयको असहमतिका बाबजुद सडक बन्द गर्न सिफारिस गर्ने निर्णय बैठकबाट गराइयो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here