21.7 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडासहयोगी मनद्वारा खाद्यान्न सहयोग
spot_img

सहयोगी मनद्वारा खाद्यान्न सहयोग

spot_img

हेटौंडा/समाजसेवाको काम गर्दै आएको सहयोगी मन नेपाल हेटौंडाले खाद्यान्न वितरण गरेको छ । हेटौंडा-१४ मा रहेको अनाथ, अपांग बाल पुनस्र्थापना केन्द्रलाई सहयोगी मनले आवश्यक सामग्री वितरण गरेको हो ।

सहयोगी मनले केन्द्र पुगेर सहयोग सामग्री हस्तान्तरण गरेको सहयोगी मनका अध्यक्ष केदारप्रसाद चौलागाईंले बताए । सहयोगी मनमार्फत् अभिषेक बिकले आफ्‌ना माताको स्मृतिमा उक्त सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा सहयोगी मन अध्यक्ष चौलागाईं, सल्लाहकार शिव खनाल र रामबहादुर बिकमार्फत् केन्द्रका रामहरी कोइरालालाई सामग्री हस्तान्तरण गरिएको हो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि