20 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाउघ्रिँदै एसियाको पहिलो सुरुङ

उघ्रिँदै एसियाको पहिलो सुरुङ

हेटौंडा/हेटौंडा-१५, चुरियामाईमा निर्मित ऐतिहासिक सुरुङको सोमबार दिउँसो १ बजेबाट पुनर्संञ्चालनको तयारी गरिएको छ । बारा र मकवानपुरको सीमास्थलमा रहेको एसियाको पहिलो चुरियामाई सुरुङमार्ग पुनर्निर्माण सकिएको हो । यातायात निर्देशनालय वागमती प्रदेशका मुख्य काम आउटलेट (बाहिरिने) पोर्टलको प्वाइन्ट पत्ता लगाएर रिकन्स्ट्रक्सनको काम सम्पन्न भएको हो ।

सामान्य काम सर्किट र स्ट्रेनिङको मात्र बाँकी थियो । डीपीआरअनुसार पुनर्निर्माण सम्पन्न हुँदा सुरुङमार्गको आकार खुम्चिएको छ । सुरुङको उचार्इं २ दशमलव ९ मिटर र चौडार्इं २ दशमलव ४ मिटर भएको छ । जबकि, पहिलो डिजाइनअनुसार ५ सय मिटर लम्बाइको सुरुङ मार्ग बनेको थियो । सुरुङ २ दशमलव ५ मिटर चौंडा र ३ मिटर अग्लो थियो ।

सुरुङ प्रदेश सरकारको ३ करोड ३९ लाखमा पुनर्निर्माण गरिएको छ । सुरुङमार्ग पुनर्निर्माणको जिम्मा माउन्टेन इन्फ्रा कम्पनीले पाएको थियो । सुरुङ तत्कालीन प्रधानमन्त्री चन्द्रशम्शेर राणाको पालामा निर्माण भएको थियो । तत्कालीन नेपाली सेनाका कर्णेल इञ्जिनियर डिल्लीजंग थापाको नेतृत्वको इञ्जिनियर टोलीले सुरुङ बनाएको
थियो ।

बारा र मकवानपुर जोड्‌ने सुरुङमार्गबाट २०२० सम्म सवारी चल्ने गरेका थियो । राणाकालीन समयमा यही सुरुङमार्ग हुँदै चल्ने गाडीले भीमफेदीसम्म समान ओसाथ्र्यो । दक्षिण एसियामा पहिलो मानवनिर्मित सुरुङबारे नेपाली र विश्व समुदायलाई जानकारी गराएर उनीहरुको ध्यान हेटौंडातर्फ आकर्षित गर्ने उद्धेश्य राखी उपमहानगरपालिका अगाडि बढेको थियो । नगरपालिकाले यस वर्ष यससम्बन्धि इतिहास, डिजाइनिङ र प्रसिद्ध चुरियामाई मन्दिरबीच सम्बन्धबारे आवश्यक प्रमाण संकलन गरिसकेको छ ।

तराईलाई देशका अन्य क्षेत्रसँग जोड्‌ने पूर्वपश्चिम राजमार्ग भएर चल्ने हजारौं सवारीसाधनका यात्रुहरुको खुल्दुली मेटाउँदै राजमार्गमा देख्न सकिने कंक्रिटनिर्मित ठूलो ढिक्का तथा मकवानपुर र बाराको सिमानामा पर्ने एतिहासिक चुरियामाईको मूल मन्दिरबारे सप्रमाण जानकारी सार्वजनिक गरिएको थियो । सयौं सवारी र हजारौं यात्रु त्यही बाटो भएर दिनहुँ आहोरदोहोर गर्छन् । तर, उक्त कंक्रिटको ढिक्का र यससँग सम्बन्धित नेपालको इतिहास नेपालीलाई नै थाहा छैन । राजमार्गको छेवैमा देख्नसकिने सुरुङको मुख मानिएको कंक्रिट ढिक्का र चुरियामाई मन्दिरमा ठूलो फ्‌लेक्स राखेर यसबारे जानकारी दिने कार्य नगरपालिकाले गरेको छ ।

सुरुङमार्ग निर्माण नगरिएको भए चुरे पहाडहूँदै काठमाडौं जोड्‌ने बाटो बनाउनु बाध्यता थियो । तर, त्यसो गर्नु भौगोलिक हिसाबले सम्भव थिएन । यसकारण सुरुङ खनेर तराईलाई काठमाडौंसम्म जोडिएको थियो । सन् १९१७ ताका बाराको अमलेखगञ्जलाई मकवानपुरको पुरानो सदरमुकाम एतिहासिकस्थल भीमफेदीसँग जोड्‌ने सडक बनाउने बेला तराईबाट काठमाडौं सवारी आवागमनका निम्ति निर्मित उक्त सुरुङले त्यस बेला नेपालीहरुको जनजीवनलाई निकै सहज बनाएको थियो ।

नेपाललाई राम्ररी चिनेका र सबै जिल्लामा हिँडेर पुगेका स्वीस नागरिक टोनी हेगनले सन् २००४ मा लेखेको ॅदी हिमालयन किङ्‌डम अफ नेपाल’ नामक पुस्तकमा सुरुङमार्गबारे स्पष्ट पार्दै नेपालभन्दा ठूलो भारतले सुरुङ प्रविधि भित्र्‌याउन नसकेको बेला नेपाल सफल भएकोमा खुशी व्यक्त गरिएको छ । नेपालका प्रथम ग्राजुएट सिभिल इञ्जिनियर ब्रिगेडियर जनरल थापाको डिजाइनमा सुरुङ तयार भएको इतिहास छ । उनले राष्ट्रपति भवन शितलनिवास र पाँचखाल अड्‌डा र १९९० मा भुकम्पले भत्किएपछिको धरहराको पुनर्निर्माणका निम्ति डिजाइनिङ गरेका थिए । उनी जगत्‌जंगका नाति थिए । जगत्‌जंग, राणा प्रधानमन्त्री जंगबहादुरका नाति हुन् ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here