हेटौंडा/हेटौंडा-६, चौघडामा रहेको नौलोविहानी कृषि सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । वागमती प्रदेश उद्योग, वाणिज्य तथा प्रशासन मन्त्री सुकुमाया तामाङको प्रमुख आतिथ्यता एवम् सहकारी अध्यक्ष विष्णुप्रसाद ढुंगानाको सभाध्यक्षतामा साधारणसभा भएको हो ।
साधारणसभामा संस्था अध्यक्ष ढुंगानाले संस्थागत् प्रतिवेदन, लेखा संयोजक गोपालचन्द्र भट्टराईले लेखा समितिको प्रतिवेदन, कोषाध्यक्ष देवेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन र उपाध्यक्ष जयराम घिमिरेले ऋण उपसमितिको प्रतिवेदन पेश गरेका थिए । साधारणसभामा सञ्चारकर्मी भावना रिजाल, पुष्पराज अधिकारी, नियमित बचतकर्ता रामकुमारी देवकोटा, असली ऋणी राजु गौतम, ज्येष्ठ शेयर सदस्य हाजिरमान डिमडुङ र उत्कृष्ट किसानमा रामनाथ बाँस्तोलालाई पुरस्कृत गरिएको थियो ।
साधारणसभामा वडा अध्यक्ष विष्णुबहादुर दाहाल, वडा सदस्य विजय पौडेल, हेटौडा उपमहानगर सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौडेल, संस्थापक अध्यक्ष राघब न्यौपाने, निवर्तमान अध्यक्ष भरत सापकोटा, हेटांैडा-६ का निवर्तमान अध्यक्ष अर्जुनप्रसाद चौलागार्इं, गरिबी निवारण सहकारी अध्यक्ष कृष्णप्रसाद सापकोटा, कामधेनु बहुउद्धेश्यीय सहकारी उपाध्यक्ष केशब धिताललगायतको उपस्थिति थियो ।