हेटौंडा/जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषध गाँजा र अफिम खेतीफँडानी गरेको छ । प्रहरीले मंसिर ७ गतेदेखि जिल्लाको कैलाश, राक्सिराङ र वागमती गाउँपालिका तथा थाहा नगरपालिकाको विभिन्न क्षेत्रमा लागुऔषध गाँजा र अफिम खेती नष्ट गरेको हो ।
४ पालिकामा अवैधरुपमा खेती गरिएका र प्राकृतिकरुपमा उम्रेका ७५ बिगाह ७ कठ्ठा गाँजा खेती र १२ बिगाह ३ कठ्ठा अफिम खेती नष्ट गरिएको प्रहरीले जनाएको छ । फँडानी गर्न बाँकी रहेका अन्य स्थानहरुमा क्रमशः अभियानका रुपमा फँडानी तथा नष्ट गर्ने प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले डिल्लीपुरबाट १ सय ३७ केजी लागुऔषध गाँजा बरामद गरेको छ ।