हेटौंडा/हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने सिस्नेरी-दक्षिणकाली सडकमा पुस ११ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले उक्त सडकअन्तर्गत् दक्षिणकाली-छैमलेमा कालोपत्र गर्न लागिएकोे सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिए ।
सडक स्तरोन्नतिका लागि कुलेखानी-फाखेल-मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ । उक्त सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग हेटौंडाबाट काठमाडौं जोड्ने कान्तिलोकपथ, त्रिभुवन राजपथ, नारायणगढ-मुग्लिन सडकमा भने हाल सवारीसाधन सञ्चालन भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।