27.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाफुटबल उपाधि वडा-५ लाई

फुटबल उपाधि वडा-५ लाई

हेटौंडा/मकवानपुरगढी गाउँपालिका-९ मा भएको ‘ए’ साइड प्रथम रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि वडा-५ ले जितेको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर-५ ले वडा नम्बर-२ लाई ३-० गोलअन्तरले पराजित गरेको हो ।

वडा नम्बर-५ का लागि पहिलो हाफको ४ मिनेटमा विपिन भण्डारीले गोल गर्दै अग्रता दिलाएका थिए भने दोस्रो हाफमा सुरेन्द्र नेपाली र विशाल स्यांतानले १ /१ गोल गरेका हुन् । खेलको समन्वय नवजागृत क्लब मकवानपुरगढी-५ द्वारा गरिएको हो । सोमबार भएको सेमिफाइनलमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर-२ ले वडा नम्बर-३ लाई १-० गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । वडा नम्बर-५ ले वडा नम्बर-७ लाई १-० गोलअन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

मंसिर २७ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ वटा टिमले सहभागिता जनाएका थिए । फाइनल विजेता वडा नम्बर-५ ले ८० हजार नगद, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । उपविजेता वडा नम्बर-२ ले ५० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिता समापन कार्यक्रममा वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामास्यांतान, मकवानपुर कांग्रेस सभापति बुद्ध लामालगायतको आतिथ्यता थियो । प्रतियोगिता मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा र पालिकाको प्रायोजनमा भएको हो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here