हेटौंडा/हेटौंडाको शिवम् सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको
छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ८.५५ प्रतिशत्का दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४५ प्रतिशत् नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निणर्य गरेको हो । आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् लाभांश वितरण गरिनेछ । बैठकले पुस २९ गते सोमबार राष्ट्रिय सभा गृह भुकृटीमण्डप, काठमाडौंमा साधारणसभा बोलाउने निणर्य पनि गरेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ ।