हेटौंडा/वागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उधौली पूणर्िमा, धान्यपूणर्िमा, यःमरि पुन्ही तथा ज्यापु दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् ।
प्रकृतिका पुजारी किराँत समुदायले पितृ तथा अन्नदाता धर्तीमाताको पूजा, नाचगान, आफन्त भेटघाट गरी हर्षोल्लासपूर्वक उक्त पर्व मनाउँछन् । मानिस र पशुपक्षी लेकबाट तल अर्थात् उँधो झर्ने हुनाले पनि उधौली पर्व भनिएको पाइन्छ । नयाँ धानबाली भित्र्याएपछि खुशीयालीमा धानलाई लक्ष्मीको रुप मानेर धान्यपूणर्िमा पर्व मनाइन्छ ।
उपत्यकालगायत अन्य भागमा छरिएर रहेका नेवार समुदायले विशेष प्रकारको परिकार (यःमरि) खाएर रमाइलोसाथ यःमरि पुन्ही मनाउने गर्दछन् । यसका साथै कला र सँस्कृतिका धनी नेवारभित्रका ज्यापु समुदायमा आफ्नो सँस्कृतिको रक्षार्थ ज्यापु दिवस मनाउने गरिन्छ । चाडपर्व र परम्पराहरु अमूल्य निधि भएकाले यिनको संरक्षण गर्नुपर्ने प्रदेश प्रमुख देवकोटाको विज्ञप्तिमा उल्लेख छ । ‘हाम्रो सामाजिक सद्भाव, मेलमिलाप तथा गौरवपूणर् मौलिक सँस्कार र परम्परा सुखी जीवनका आधार हुन्,’ विज्ञप्तिमा भनिएको छ ।