हेटौंडा/हेटौंडा-५, क्याम्पाडाँडँबाट एक महिला बेपत्ता भएकी छन् । हेटौंडा-८, क्याम्पाडाँडा स्थायी घर भएकी ४८ वर्षीया लीलाकुमारी तिमल्सिना (गोमा) मंगलबारदेखि बेपत्ता भएकी पति भीमनाथ तिमल्सिनाले बताएका हुन् ।
मंसिर २५ गते राति ८ बजे घरबाट निस्केकी उनी सम्पर्कमा नआएपछि परिवारले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सहयोग मागेको उनले बताए । एकाएक बेपत्ता भएकी उनले घरबाट निस्कने बेला रातो कुर्तासुरुवाल लगाएको र कोठे पछ्यौरा ओढेको परिवारले जानकारी दिएको छ । प्रहरीको सहयोगमा उनको खोजी कार्य भइरहेको परिवारले बताएको छ ।