हेटौंडा/इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी गापा वडा-७ स्थित मनहरी बजारमा शंकास्पद्रुपमा हिँडिरहेका पतिपत्नीको साथबाट गाँजा बरामद गरेको छ ।
मकवनापुरको कैलाश गापा वडा-४, झ्याके बस्ने वर्ष ५२ का प्रतापसिं मोक्तान र उनकी ५० वर्षीया पत्नी राममाया मोक्तानलाई शंका लागेर शरीर तथा झोला खानतलासी गर्दा करिब १० किलो गाँजा फेला परेको हो । उनीहरुले झोलाभित्र लुकाइल्याएको अवस्थामा ९ किलो ८ सय ५० ग्राम लागुऔषध गाँजा फेला परेको थियो । उक्त गाँजासहित मोक्तानद्वयलाई सोमबार दिउँसो करिब ३ बजे नियन्त्रणमा लिइ मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ८ दिन म्याद थप अनुमतिसहित अनुसन्धान भइरहेको छ ।