हेटौंडा/हेटौंडा उपमहानगरपालिका-१९, बस्तीपुरस्थित पूर्वपश्चिम सडकखण्डमा अटो दुर्घटनामा पैदलयात्रीको मृत्यु भएको छ । बस्तीपुरबाट मनहरीतर्फ जाँदै गरेको वा. प्र. ०३-००१ ह ०२५१ नम्बर अटोले मनहरी गाउँपालिका-३, सुकौरा निवासी ४२ वर्षीय मनोज लामालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका लामालाई अटोचालक प्रेमबहादुर सिंहतान (४२), मनहरी गाउँपालिका-७, रमनटार निवासीले हेटौंडा अस्पतालमा उपचारका लागि लगेका थिए ।
घाइते लामाको उपचारका क्रममा राति २३ः१० बजे अस्पतालका डाक्टरले मृतघोषणा गरेका हुन् । अटो र अटोचालक हाल जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा छन् । शव हेटौंडा अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।