Homeमकवानपुर विशेषहेटौँडा‘वागमतीको फोहोर पानी पिउनयोग्य बनाउन सकिन्छ’

‘वागमतीको फोहोर पानी पिउनयोग्य बनाउन सकिन्छ’

ललितपुर/‘मन्त्रीज्यु, प्रविधि प्रयोगले वागमतीको फोहोर पानी पिउनयोग्य बनाउन सकिन्छ,’ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बागुरुङ आफूले बनाएको नमूना देखाउँदै इञ्जिनियरिङ संकायमा अध्ययनरत् विद्यार्थी भने ।

जवाफमा मन्त्री गुरुङले पनि उनीहरुको प्रसंशा गरे । ॅतपाईंहरुजस्ता युवाहरुको सिर्जनात्मक काम हेर्दा म आफैं ऊर्जावान् महसुस गरिरहेको छु,’ उनले भने । मन्त्री गुरुङको प्रशंसाले हर्षित विद्यार्थी सक्षम सिलवालले भने-उहाँले प्रसंशा गरेपछि हामीलाई थप काम गर्ने प्रेरणा मिलेको छ । सानेपास्थित सगरमाथा इञ्जिनियरिङ कलेजमा इञ्जिनियरर्स भल्ग्स्ले आयोजना गरेको तीन दिने अर्विट इञ्जिनियरिङ एक्स्पो टु प्वाइन्ट जिरोको उद्घाटन र अवलोकन गरेका मन्त्री गुरुङले विद्यार्थीलाई हौसला दिनुका साथै सूचनाप्रविधि क्षेत्रमा युवापुस्ताले गर्नसक्ने सम्भावनाको समेत उजागर गरे ।

मन्त्री गुरुङले मन्त्रालय र सरकारले सूचनाप्रविधि विकासका लागि केकस्ता कार्ययोजना बनाउँदै छ भन्नेबारे जानकारी दिए । उनले एक महिनाभित्र आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधिबारे प्रभावकारी नीति ल्याउने तयारी भइरहेको बताउँदै सूचनाप्रविधि उपयोगमार्फत् कृषि, पर्यटन, अर्थतन्त्रलगायत क्षेत्रमा लाभ पुर्‍याउने सरकारको आगामी रणनीति रहेको बताए ।

नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले इञ्जिनियरिङ कलेजका विद्यार्थीलाई हौसला प्रदान गर्न उनीहरुले सिर्जना गरेका कार्यको प्रत्यक्ष अवलोकन गरेर सुझाव दिए । उनले अबको युग सूचना तथा प्रविधिको युग भएको बताउँदै युवाले यही क्षेत्रमा आफ्नो भविष्य सुनिश्चित गर्नसक्ने सम्भावना प्रशस्त रहेको जनाए । ॅएआईसम्बन्धि नीति अझै बन्न सकेको छैन, ’उनले भने-यस क्षेत्रमा अवसरसँगै चुनौती पनि प्रशस्त छन् । तर, यसलाई सही सदुपयोग गर्न जाने देशको अर्थतन्त्रमा ठूलो लाभ उठाउन
‘सकिन्छ ।
नेपाललाई आईटी हब बनाएर सबै क्षेत्रका आईटी सर्जकलाई एकै थलोमा काम गर्ने वातावरण सिर्जना गर्नु जरुरी रहेको मन्त्री गुरुङले उल्लेख गरे । यसका लागि मन्त्रालयले आईटी सेन्टर निर्माणका लागि जग्गा खोज्ने काम गरिरहेको उनको भनाइ थियो । ‘आईटीमा विकास प्रशस्त सम्भावना छ,’ उनले भने-हामीले यसका लागि आवश्यक नीति र रणनीति बनाएर अघि बढ्ने तयारी गरिरहेका छौं । उनले एक्स्पोमा युवापुस्ताले गरेका कामहरु व्यवहारमा समेत लागु गर्न सुझाव दिए ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here