हेटौंडा/कृषि विकास बैंक लिमिटेडमा सेवा गरी निवृत्त मकवानपुर जिल्लामा बसोबास गर्ने पूर्वकर्मचारीहरुको भेलाले पूर्वकर्मचारी समाज मकवानपुर गठन गरेको छ । पूर्वकर्मचारी र बैंकबीच सुमधुर सम्बन्धको विकास गर्ने उद्धेश्यले शुक्रबार आयोजना गरिएको भेलाले गोकुलकुमार पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समिति उपाध्यक्षमा हरिप्रसाद पौडेल, सचिवमा रामेश्वर पराजुली, कोषाध्यक्षमा विष्णुमणि अधिकारी, सहकोषाध्यक्षमा बिमला प्याकुरेल, सदस्यहरुमा क्रमशः शिवराज श्रेष्ठ, बिनोद रेग्मी, चन्द्रमान श्रेष्ठ, हरि पुडासैनी र माधब भट्टराई चयन भएका छन् । समितिको सल्लाहकारमा माधब भण्डारी, जगदीशनाथ गोगल र सागर भट्टराई निविरोध निर्वाचित भएका छन् ।
भेला पूर्वकर्मचारी जगदीशनाथ गोगलको सभाध्यक्षता एवम् कृषि विकास बैंक मधेश प्रदेशका प्रमुख रामप्रसाद गजुरेलको प्रमुख आतिथ्यतामा भएको हो । पूर्वकर्मचारी हरिप्रसाद पौडेलले सञ्चालन गरेको कार्यक्रममा कृषि विकास बैंक कान्तिराजपथका प्रवन्धक नुरप्रसाद गौतम, कृषि विकास बैंक मेनरोडका प्रवन्धक तीर्थराज पौडेलको आतिथ्यता थियो ।