हेटौंडा/तामाङ पत्रकार संघ वागमती (नेवाः ताम्सालिङ) प्रदेश समितिको दोस्रो अधिवेशन भएको छ । अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ ।
अध्यक्षमा ज्ञानेन्द्र तामाङ (चितवन), उपाध्यक्षमा जगत्मान तामाङ (काभ्रे), सचिवमा दिलबहादुर तामाङ (मकवानपुर), सहसचिवमा मायालु लामा (काठमाडौं), कोषाध्यक्षमा पेमा लामादोङ (दोलखा), सदस्यमा श्यामलाल लामा (काठमाडौं), फुर्वा तामाङ (दोलखा), नवराज वाइबा (मकवानपुर), बबिलाल तामाङ (चितवन) र विकास वाइबा (काभ्रे) छन् ।