27.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाहेटौंडा जेसीजद्वारा निःशुल्क स्वास्थ्य शिविर

हेटौंडा जेसीजद्वारा निःशुल्क स्वास्थ्य शिविर

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर-३, बसामाडीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । शिविर हेटौंडा जेसीज र टोलविकास संस्था वडा समन्वय समितिले आयोजना गरेका हुन् ।

शिविरमा ४ सय ४ जनाको आँखा परीक्षण गरिएकोमध्ये २७ जनामा मोतिविन्दुको समस्या देखिएको हेटौंडा जेसीज वर्ष सन् २०२४ का अध्यक्ष बिकेशलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार उनीहरुको निःशुल्क शल्यक्रिया गरिनेछ ।

शिविरमा ७९ जनाले पाठेघरसम्बन्धि परीक्षण गरेका थिए । पाठेघरको मुखमा यौनजन्य समस्या देखिएकालाई थप उपचारका लागि सम्बन्धित अस्पतालमा रिफर गरिएको अध्यक्ष श्रेष्ठले बताए । शिविरमा हेटौंडा सामुदायिक आँखा अस्पताल र नेपाल परिवार नियोजन संघले प्राविधिक सहयोग गरेका थिए ।

शिविर उद्घाटन समारोहलाई सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिका-३ वडा अध्यक्ष ढलकबहादुर थापा र टोलविकास समिति अध्यक्ष रोशन गोलेले शिविर सञ्चालन गर्दा ग्रामीण क्षेत्रका जनताको स्वास्थ्य सेवामा ठूलो टेवा पुगेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

जेसीजका विराज गौतमले संयोजन गरेको कार्यक्रममा महासचिव पंकजदास बानियाँ, पूर्वअध्यक्षहरु, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here