हेटौंडा/प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा-१५, रातोमाटे चेकपोइन्टस्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको वा. प्रदेश ०३-००१ च १५८४ नम्बर पिकअपचालकसहितबाट गाँजा बरामद गरेको छ ।
मकवानपुरको बकैया गापा वडा-४ बस्ने वर्ष २४ का सुमन लामा र सोही गाडीमा सवार वडा-११ बस्ने वर्ष २४ का सुशील भोलनलाई शंका लागेर शरीर तथा पिकअप गाडी खानतलासी गर्दा गाडीको ढालामा खाली क्रेटहरुले छोपेर लुकाइल्याइएको अवस्थामा १ सय ७५ किलो लागुऔषध गाँजा फेला परेको हो । उक्त लागुऔषध तथा पिकअपसहित लामा र भोलनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको छ ।
इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले राक्सिराङ गापा वडा-५, ढुङ्गुखोलास्थित खोलाको बगरमा शंकास्पद्रुपमा झोला बोकी हिँडिरहेकाबाट गाँजा बरामद गरेको छ । पर्साको पर्सागढी नपा वडा-८ बस्ने वर्ष ४६ का देवीलाल सहनी र वडा-१ बस्ने वर्ष ३२ का रामनारायण रामको शरीर तथा झोला खानतलासी गर्दा झोलाभित्र लुकाइ राखिएको अवस्थामा १७ किलो ६ सय ग्राम लागुऔषध गाँजा फेला परेको हो । उक्त लागुऔषध गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिइ मकवानपुर जिल्ला अदालत हेटांैडाबाट ७ दिन म्याद अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको छ ।