हेटौंडा/धरान-चतरा सडकअन्तर्गत् मकवानपुरको बकैया गाउँपालिकामा बुधबार यात्रुबस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । मकवानपुर प्रहरीका अनुसार धरान-चतरा सडकको हेटौंडा-सिन्धुली खण्डअन्तर्गत् बकैया गाउँपालिका-५, तीनतलेमा हेटौंडाबाट सिन्धुलीतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको हो ।
मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले वा. ५ ख ६६५३ नम्बर यात्रुबस दुर्घटना हुँदा २२ यात्रु घाइते भएको जानकारी दिए । उनीहरुलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको छ । बसचालक प्रहरी नियन्त्रणमा रहेको प्रवक्ता अर्यालले बताए । बसमा ३६ यात्रु रहेको र घाइतेको विवरण संकलन गर्ने काम भइरहेको उनको भनाइ छ ।