31.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडारविविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी

रविविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी

हेटौंडा/पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोरखा मिडियाका तत्कालीन उपाध्यक्षसमेत रहेका पूर्व डीआईजी छविलाल जोशीविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ ।

वीरगञ्जको सानोपाइला सहकारीको बचत अपचलनको विषयमा अनुसन्धान गर्न प्रहरीलाई बधुबार पर्साका जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालले जानकारी दिएका छन् । लामिछाने प्रवन्ध निर्देशक रहेका बेला उक्त सहकारीबाट करिब ८ करोड रुपियाँ गोरखा मिडिया नेटवर्कमा गएको थियो । लामिछाने र जोशीविरुद्ध कास्की, रुपन्देही, काठमाडौं र चितवनमा पनि पक्राउ पुर्जी जारी भइ अनुसन्धान जारी छ । लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here