21.7 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाकरेन्टले मियाँको मृत्यु
spot_img

करेन्टले मियाँको मृत्यु

spot_img

हेटौंडा/हेटौंडामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा-११, गोल्पिङटार बस्ने वर्ष ५८ को मन्ताज मियाँ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार दिउँसो करिब २ः३० बजे आफ्नै घरको तला थप्नका लागि पिल्लरको काम भइरहेको अवस्थामा सडकपारिीबाट फलामे रड घरतर्फ ल्याउने क्रममा घरनजिकको ११ हजार भोल्टको करेन्टको तारमा रडले छुँदा करेन्ट लागेको हो ।

- Advertisement - Ad Banner

करेन्टले गम्भीर भएको अवस्थामा उनलाई उपचारका लागि सीएमसी चुरेहिल अस्पताल लगिएकोमा उपचारका क्रममा दिउँसो करिब ३ बजे डाक्टरले मृतघोषणा गरेको प्रहरीले जनाएको छ । उनको शव हेटौंडा अस्पतालको शवगृहमा राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि