27.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाकिवानिज क्लबमा पदस्थापन

किवानिज क्लबमा पदस्थापन

हेटौंडा/किवानिज क्लब अफ हेटांैडाको चौथो पद हस्तान्तरण एवम् पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज क्लब अफ हेटौंडा वर्ष २०२३/०२४ का अध्यक्ष सुवणर्केशर लामिछानेले वर्ष २०२४/०२५ का लागि गंगाप्रसाद पौडेललाई पद हस्तान्तरण गरेका हुन् ।

किवानिज क्लब अफ हेटौंडा वर्ष २०२३/०२४ अध्यक्ष लामिछानेको सभाध्यक्षतामा भएको पद हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि किवानिज इन्टरनेशनल नेपालका इमिडिएट पास्ट डिष्ट्रिक गभर्नर तीर्थकुमार सिंहले सन् १९१५ मा स्थापित किवानिज अभियान नेपालमा सन् २०१५ बाट शुरु भएको जानकारी गराए । कार्यक्रममा डिस्ट्रिक सचिव शिवबहादुर काफ्लेले क्लबले १८ वर्षमुनिका बालबालिकाको शिक्षा, स्वास्थ्य, खेलकुद, नेतृत्वविकास र वातावरणको क्षेत्रमा काम गर्ने बताए ।

कार्यक्रममा विशेष अतिथि किवानिज क्लब अफ हेटौंंडाका मानार्थ सदस्य हेटौंडा उपमहानगरपालिका वडा-१ का अध्यक्ष सबिन न्यौपानेले किवानिज क्लबको उद्धेश्य र यसको कार्यशैली पृथक् रहेकाले आफू पनि उक्त अभियानमा जोडिन पाउँदा गौरवान्वित भएको र अभियानका क्रममा आफ्नो र वडाका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त
गरे ।

किवानिज इन्टरनेशनल नेपाल डिस्ट्रिक भाइस गभर्नर रामहरि सुबेदी, किवानिज चाइल्ड फण्ड नेपालका चेयर गोपीमान श्रेष्ठ, हेटौंडा-७ का अध्यक्ष दामोदर गौतम, किवानिज क्लब अफ मकवानपुर संस्थापक अध्यक्ष तीर्थ पराजुलीलगायतको उपस्थिति रहेको कार्यक्रममा किवानिज डिभिजन-३ साउथका लेउटिनेन्ट गभर्नर डा. अनुपमा श्रेष्ठले नवनिर्वाचित कार्यसमितिलाई सपथ गराए ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here