19 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाराक्सिराङमा हाटबजार निरन्तर

राक्सिराङमा हाटबजार निरन्तर

हेटौंडा/मकवानपुरको मनहरीनजिक रहेको चैनपुरस्थित राक्सिराङ गाउँपालिकाले कृषि हाटबजारलाई निरन्तरता दिने भएको छ ।

कृषकहरुले उत्पादन गरेका नगदे, जिन्सी बाली प्रवद्र्धन गर्ने उद्धेश्यले केही वर्षदेखि सञ्चालन गरिँदै आएको हाटबजारलाई निरन्तरता दिन लागिएको राक्सिराङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले
बताए ।

गाउँपालिकाले हाटबजार सञ्चालन तथा निरन्तरताका लागि आइतबार सरोकारवालासँग छलफल तथा अन्तक्र्रिया गरेको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गर्तौलाले सहजीकरण गरेका थिए । कार्यक्रममा वागमती प्रदेशका सभाषद् सन्तबहादुर चेपाङ, गाउँपालिका उपाध्यक्ष बनस्तम् थिङलगायत वडाध्यक्ष, वडा सदस्यहरु, गाउँपालिकाका विभिन्न शाखा प्रमुख तथा संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here