31.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाप्रथम मेयर कप सितोरियो मेनडोजोको कब्जामा

प्रथम मेयर कप सितोरियो मेनडोजोको कब्जामा

हेटौंडा/जिल्लास्तरीय प्रथम मेयर कप सितोरियो कराते प्रतियोगिताको उपाधि मेनडोजोले हात पारेको छ । शनिबार हेटौंडा-४ स्थित बहुउद्धेश्यीय कभर्डहलमा सम्पन्न स्पर्धामा हेटौंडा मेनडोजोले ९ वटा स्वणर् पदकसहित प्रथम स्थान प्राप्त गरेको छ भने किड्स डोजोले ६ वटा स्वणर् पदकसहित उपविजेता घोषित भएको छ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी पुरुषतर्फ मेनडोजोका कपिल डिम्डुङ र महिलातर्फ मेनडोजोकै श्रेया श्रेष्ठ घोषित हुँदै ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेका छन् । मेनडोजोबाट उदीयमान खेलाडीका रुपमा सुष्मा चौलागाईं घोषित भइन् भने किड्स डोजोका क्रिपशल स्यांतानलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

नेपाल सितोरियो कराते संघ मकवानपुरको आयोजनामा भएको प्रथम जिल्लास्तरीय मेयर कप कराते प्रतियोगिताको समापनमा संघ अध्यक्ष दीपक लामाको सभाध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिका-४ वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण समारोह भएको हो ।

पुरस्कार वितरण कार्यक्रममा अध्यक्ष लामाले हरेक खेलाडीले अनुशासन पालना गर्न आग्रह गर्दै प्रशिक्षकहरुले सिकाएका कुरालाई राम्ररी सिक्न र आफ्नो तर्फबाट खेलमा उत्कृष्ट नतिजा हासिल गर्न प्रयासरत् रहन सुझाए । कराते खेलाडीहरुको भविष्य जिल्लाबाट प्रदेश हुँदै राष्ट्रिस्तरसम्मको प्रतियोगितामा सहभागी हुने क्षमता वृद्धि गरेर करातेको विकास गर्ने काममा सबै खेलाडीहरु अग्रसर हुन उनले आग्रह गरे ।

प्रतियोगितामा राईगाउँ, लेवट, नवलपुर, चौघडा, मयुरधाप र मेनडेजोसमेत गरी १ सय २० खेलाडी र मधेश प्रदेश तथा चितवन जिल्लाबाट ३० जना रेफ्रीको सहभागिता थियो । समापनमा वागमती प्रदेश खेलकुद विकास परिषद् सदस्य संगीत श्रेष्ठ, मकवानपुर जिल्ला खेलकुद विकास समिति निवर्तमान अध्यक्ष भेष खड्गी, कार्यालय प्रमुख माधब कोइराला, कराते संघ उपाध्यक्ष रोशिक श्रेष्ठ, उपाध्यक्ष रुपक लामा, सचिव नारायण थपलिया, कार्यक्रम व्यवस्थापक पूणर्भक्त लामा, मध्यमाञ्चल खेलकुद विकास समिति उपनिर्देशक तथा मधेश प्रदेश प्राविधिक प्रमुख सुरेन्द्र श्रेष्ठ, हेटौंडा-११ की वडाध्यक्ष जुना दाहाल, प्रशिक्षक टुकेन्द्रमान श्रेष्ठ, मुकुन्दमान श्रेष्ठ, जनक राईको उपस्थिति थियो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here