हेटौंडा/मकवानपुरबाट प्रहरीले अवैध लागुऔषधसहित आइतबार विहान दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको मनहरी गाउँपालिका-९, ज्यामिरेबाट अवैध लागुऔषध गाँजा करिब ५६ किलोसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा मनहरी गाउँपालिका-८, सिमपानी बस्ने २७ वर्षीय अनिलकुमार थिङ र सोही गाउँपालिका-९ बस्ने ३२ वर्षीय
राजेन्द्र मुक्तान छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
सिमपानीबाट वीरगञ्जतर्फ जाँदै गरेको ना. ६ ख २३४४ नम्बर ट्रक जाँच गर्ने क्रममा चालक सिटमाथि क्यबिनमा प्लाष्टिकले बेरेर लुकाइराखिएको गाँजा फेला पारेर ट्रकचालक अनिल र ट्रकमा सवार राजेन्द्रलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानुनी प्रक्रिया अगाडि बढाएको छ ।