21.7 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडा‘स्वास्थ्य क्षेत्रमा धेरै राम्रा काम’
spot_img

‘स्वास्थ्य क्षेत्रमा धेरै राम्रा काम’

spot_img

हेटौंडा/नेपाल जनस्वास्थ्य संघ वागमती प्रदेशको आयोजनामा राष्ट्रिय जनस्वास्थ्य दिवसका अवसरमा हेटौंडामा कार्यक्रम गरिएको छ । कार्यक्रमको वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले उद्घाटन गरे ।

कार्यक्रममा उनले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा धेरै राम्रा काम गरेको बताए । जनताको स्वाथ्य उपचारमा प्रदेश सरकारले धेरै खालका कामको सुरुवात गरेको बताए । नेपाल जनस्वास्थ्य संघ वागमती प्रदेश अध्यक्ष सुपेन्द्र कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा लोकसेवा आयोग वागमती प्रदेश अध्यक्ष महेश्वर श्रेष्ठ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति डा. प्रदीप ज्ञवाली, स्वास्थ्य निर्देशनालय निर्देशक डा. नरेन्द्र झा, स्वास्थ्य मन्त्रालयका निमित्त सचिव सागर घिमिरे, प्रतिष्ठान डिन दुर्गा खड्का, रजिस्ट्रार भीमसागर गुरागाईं, मन्त्रालयका महाशाखा प्रमुख डा. खगेश्वर गेलाल, नेपाल जनस्वास्थ्य संघ केन्द्रीय अध्यक्ष कृष्ण शाक्यलगायतको आतिथ्यता थियो । कार्यक्रममा लोकसेवा आयोग अध्यक्ष श्रेष्ठलाई सम्मानसमेत गरिएको थियो । स्वास्थ्य निर्देशनालयका निर्मल घिमिरे र प्रतिष्ठानका नम्र महतोले प्रस्तुतिकरण गरेका थिए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि