हेटौंडा÷धादिङको विकट रुविभ्याली गाउँपालिकामा अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण गरिएको छ । वागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले गाउँपालिकालाई एक थान ग्रामीण अल्ट्रासाउन्ड मेसिन र दुई थान अक्सिजन कन्सल्ट्रेटर हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा मन्त्री थापाले स्वास्थ्य सेवा दुर्गमदेखि सुगम क्षेत्रमा पु¥याइने बताए । स्वास्थ्य सेवा हरेक नागरिकको अधिकार भएको भन्दै यसको बिस्तारमा मन्त्रालयले काम गरिरहेको बताए । स्वास्थ्य मन्त्रालय, वागमती प्रदेश, जनस्वास्थ्य कार्यालय धादिङको आयोजना र रुविभ्याली गाउँपालिका व्यवस्थापन तथा समन्वयमा धादिङको विकट पालिकामा तीन दिन स्वास्थ्य शिविर भएको छ । शिविरमा विभिन्न रोगका विशेषज्ञसहितको डाक्टरद्वारा चेक तथा अन्य सेवा प्रदान गरिएको थियो ।
शिविरमा हाडजोर्नी तथा नशारोग, स्त्रीरोगसम्बन्धि, भिडियो एक्सरे सेवा, दन्त चिकित्सा सेव, नेत्र चिकित्सकद्वारा आँखा परीक्षण तथा तथा उपचार सेवा, बालरोग उपचार तथा व्यवस्थापन, जनरल फिजिसियनद्वारा परीक्षण तथा उपचार सेवा, आयुर्वेद सेवा, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गर्ने, स्वास्थ्य आमा समूहमा पोषण मुख स्वास्थ्य तथा हातको सरसफाइबारे अन्तत्र्रिmया, विद्यालयका विद्यार्थीको पोषण, मुखको सरसफाइ तथा हातधुने तरिकाबारे सिकाइ–अन्तत्र्रिmयालगायत सेवा प्रदान गरिएको छ ।
शिविरमा ७ सय ३० जनाले उपचारात्मक सेवा पाए । सेर्तुङ र तिप्लिङ गरी १ सय २५ आमालाई स्वास्थ्य शिक्षा दिइएको थियो । १ सय ५ विद्यार्थीलाई विभिन्न विषयमा स्वास्थ्य शिक्षा प्रदान गरिएको छ ।
पालिका अध्यक्ष रामसिंह तामाङको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य डम्बर तामाङ, पालिका उपाध्यक्ष फेलमा तामाङ, जनस्वास्थ्य प्रयोगशाला निर्देशक नारायण कार्की, प्रदेश स्वास्थ्य मन्त्रालयका चिकित्सक महाशाखाका प्रमुख डा. खगेश्वर गेलाल, धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.गगन अधिकारीलगायतको सहभागिता थियो ।