27.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडासकियो वाणिज्य कानुन आधारभुत तालिम

सकियो वाणिज्य कानुन आधारभुत तालिम

हेटौंडा÷नेपाल कानुन व्यवसायी परिषद् लयर्स एकेडेमी समितिद्वारा सञ्चालित वाणिज्य कानुन विषयक आधारभुत तालिम समापन भएको छ । मंसिर ८ गते शुरु १० वर्ष भन्दा कम समय कानुन व्यवसायमा संलग्न कानुन व्यवसायीहरुलाई दिइएको तालिम शनिबार समापन भएको हो । नेपाल कानुन व्यवसायी परिषद् लयर्स एकेडेमी समिति कोपुण्डोल ललितपुरको आयोजना र उच्च अदालत बार एसोसिएसन हेटौंडा, जिल्ला अदालत बार एसोसिएसन मकवानपुर को सहआयोजनामा तालिम भएको हो । तालिम ४२ घण्टाको थियो ।

तालिममा ४० अधिवक्ताको सहभागिता रहेको अधिवक्ता चँुडा उप्रेतीले जानकारी दिए । नेपाल बार एसोसिएसन तथा लयर्स एकेडेमी अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको सभाध्यक्षता तथा नेपाल कानुन व्यवसायी परिषद् अध्यक्ष तथा नेपालका महान्यायाधीवक्ता वरिष्ठ अधिवक्ता रमेश बडालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

समापन कार्यक्रममा प्रमुख अतिथि तथा महान्यायाधीवक्ता तथा वरिष्ठ अधिवक्ता बडालले तालिममा सहभागी अधिवक्ताहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथि उच्च अदालत पाटन हेटौंडा इजलासका न्यायाधीशद्वय यमुना भट्टराई, डा. शान्ता सेढाईं, नेपाल बार काउन्सिल सदस्य वरिष्ठ अधिवक्ता केशबप्रसाद काफ्ले, वागमती प्रदेशका मुख्य न्यायधीवक्ता वरिष्ठ अधिवक्ता सुकदेव काफ्ले, प्रदेश बार, जिल्ला बार अध्यक्ष, पूर्वअध्यक्षहरु, वरिष्ठ अधिवक्तालगायत अधिवक्ताको उपस्थिति थियोे ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here