11.4 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाआजज छरिँदै सत्वी
spot_img

आजज छरिँदै सत्वी

spot_img

हेटौंडा/आज सत्वीज छर्ने हो, आज मंसिर कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशी पनि भनिन्छ । मृत्युवरण गरेका पितृहरुको मोक्षयात्राका लागि आजको दिन अत्यन्त महत्वपूणर् दिनका रुपमा मानिन्छ ।

नेपाल अनि भारतका विभिन्न शक्तिपीठ अनि त्रिवेणी धामहरुमा आज सत्वीज छर्ने तीर्थालुहरुको घुईंचो रहने गर्दछ । सत्वीज भन्नाले पितृ उद्धारका लागि धार्मिक बनहरु जस्तै कैलाशडाँडा, श्लेष्मान्तक वन अनि अन्य वनहरुमा छर्ने सात प्रकारका अन्नहरु पर्दछ । यस्ता अन्नहरुमा धान, गहुँ, मास, मुगी, कागुनो र सामा मिलाइएको सप्तधानायुक्त सत्वीज र विभिन्न प्रकारका फूलहरु रहने गर्दछ ।

- Advertisement - Ad Banner

सत्वीज छर्ने कुरामा ठाउँअनुसार चलनहरु रहेको पाइन्छ । माथि उल्लेख गरेका अलावा चना, तील, मकै पनि राखेर सत्वीज छर्ने चलन छ भने अन्नका साथै कागती, निबुवा, बिमिरो, सुन्तला, स्याउ, उखु, अम्बा, केरा पनि राख्ने चलन छ । यसरी सत्वीज छर्नका लागि चतुर्दशीभन्दा एक दिनअगाडि नै अर्थात त्रयोदशीकै दिन राति जाग्राम बसेर दीप प्रज्ज्वलन गर्दै अनि भजनकीर्तन गर्दै आँखा झिमिक्क नपारी भोलिपल्ट विहानै स्नान गरेर चोखोनितो बनेरमात्र सत्वीज भर्ने चलन छ । यसरी पृथ्वीलोकमा छरिएको सत्वीज चाँही पितृहरुको लोकमा गएर अंकुरण हुने र यी वीजका कारण पितृहरु कहिल्यै भोकै बस्नुनपर्ने मान्यता छ ।

काठमाडौंको पशुपतिनाथ अनि आसपासका किराँतेश्वर, गौरीघाट, गुहेश्वरी, आर्यघाटको तट, श्लेषमान्तक वनलगायत पूर्वी नेपालको चतरा, बराहक्षेत्र, पर्वत जिल्लाको सेतीवेणी धाम, गुल्मी शान्तिपुरको चक्रेश्वर मन्दिर, नवलपरासीको देवघाटधाम, धनुषाको क्षीरेश्वरलगायत देशभरिका शिवालय एवम् त्रिवेणी धामहरुमा विशेष घुईंचो अनि मेला लाग्ने गर्दछ ।

पितामाता वा पितामह वा मातामह अर्थात् हजुरबुबा अनि हजुरआमा वा सातपुस्ताभित्र जुठो बार्नुपर्ने जोकोहीको पनि जुठो बार्ने वा बरखी बार्ने क्रममा पूरा गर्नुपर्ने नियम पूरा गर्न नसके व कुनै त्रुटि भए बाला चतुर्दशीको दिन पवित्र खोलामा तीनफेर डुबुल्की मारेर चोखो भइ सत्वीज छर्नाले र त्रयोदशीमा जाग्राम बसेर मृतात्माको नाममा दीप प्रज्ज्वलन गर्नाले सम्पूणर् दोषबाट मुक्ति पाउने जनविश्वास छ ।

यसरी दीप प्रज्ज्वलन गर्न शिवालय या शक्तिपीठ नै पुग्ननसकेको खण्डमा मृतात्माको नाममा घरमै श्रद्धासाथ बत्ती प्रज्ज्वलन गरेर, दुना वा टपरीमा बत्तीलाई राखी माथिबाट ज्वाला निस्कने ठाउँ दिएर अर्को दुना, टपरी वा बोहताले छोपेर खोलामा बगाउने चलन छ । यसरी सहज बत्ती बगेको खण्डमा पितृले वैतरनी तरेको र बत्ती सहजरुपमा नबगे पितृले वैतरनी नतरेको मान्यता पनि छ ।

सबभन्दा रोचक प्रसंग चाँही आजको दिन पशुपतिको विश्वरुप मन्दिरछेउको गणेशको मूर्तिसँग सम्बन्धित छ । उक्त गणेशको मूर्तिलाई कान नसुन्ने रुपको भगवान्का प्रतीकका हिसाबले लिइन्छ र भक्तालुहरुले जोडले चिच्याएर, कराएर, हल्लाएर उक्त मूर्तिलाई कान सुनाउन खोज्ने चलन र अथक् प्रयासहरुले बाला चतुर्दर्शीको अन्त्यमा रोचक महत्व राख्दछ ।

बाला चतुर्दशी एउटा मित्रताको प्रसंग पनि हो, बाला एक असुर हुन् भने उनका साथी ब्रिसलाई राजाले बालालाई मार्नका लागि पठाएका हुन्छन् । बालाले आर्यघाटमा मृतकका आफन्तलाई तर्साउने र मृतकको शव खाइदिने गरेकाले जनताहरुले धेरै दुःख पाएका हुन्छन् । ब्रिसले आफ्ना साथी बालालाई छलले मार्न उचित ठान्दैनन र मित्रताको न्यानो परिधिभित्र बालाले जस्तोसुकै असुर भएको भए पनि आफ्ना साथी भएकाले हत्या गर्न नसक्ने भएकाले गएर श्लेषमान्तक वनमा गएर आदिददेव शिवजीको तपस्या गर्दछन् । शिव ब्रिसको तपस्याले प्रसन्न भएर बालालाई असुर जुनीबाट मुक्त गरिदिन्छन् र ब्रिसलाई सत्वीज छरेर आफ्ना साथी बालालाई पापबाट मुक्त गराउन आज्ञा दिन्छन् । यसरी सत्वीज छर्ने चलन शुरु भएको र आजको यस दिन मित्रताको दृष्टान्तका रुपमा पनि उत्तिकै महत्वपूणर् रहेको कुरा बाला र ब्रिसको कथाले प्रष्ट पारेको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि