हेटौंडा/मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर-८, दारिमबासमा करेन्ट लागेर एक जनाको मृत्यु भएको । ११ हजार भोल्टेजको हाइटेन्सन तार चँुडिएर भुईंमा लत्रिएको नांगो तारमा करेन्ट लाग्दा स्थानीय ३८ वर्षीय मंगलसिं प्रजाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त तारमा करेन्ट लागेर मृत अवस्थामा रहेका सिंलाई स्थानीयले देखेर तत्काल प्रहरीलाई सूचना दिएका थिए । सोही स्थानमा ४० वर्षीया इन्द्रमाया मगर घरबाट मनहरीतर्फ आउँदै गर्दा करेन्ट लागेर घाइते भएकी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् ।