18.5 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाहाजिरीजवाफमा बागेश्वरी मावि प्रथम
spot_img

हाजिरीजवाफमा बागेश्वरी मावि प्रथम

spot_img

हेटौंडा/लियो क्लब अफ पिस थाहाको आयोजनामा भएको रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगितामा थाहा नगरपालिकास्थित बागेश्वरी मावि प्रथम भएको छ । १० विद्यालय सहभागी माविस्तरीय हाजिरीजवाफ प्रतियोगितामा सरस्वती विद्या मन्दिर स्कुल बज्रबाराही द्वितीय र पालुङ भ्याली हार्ट एकेडेमी थाहा तृतीय भएका छन् ।

विजयी विद्यार्थीहरुलाई प्रमुख अतिथि लायन्स क्लब अफ थाहा पिस संस्थापक अध्यक्ष सुरेन्दमान प्रधान, अतिथिहरु जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्की, थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, लायन्स क्लब अफ थाहा पिसका निवर्तमान अध्यक्ष तथा जोन चियरपर्सन गीता कार्की, अध्यक्ष सत्यदेवी स्यांतान, लियो क्लब पूर्वअध्यक्ष कमल बिष्टलगायतले शिल्ड, पुरस्कार, मेडल तथा प्रमाणपत्र वितरण गरे । लियो क्लब अफ पिस थाहा अध्यक्ष शिशिर खत्रीको सभाध्यक्षतामा भएको प्रतियोगितालाई थाहा नगरपालिकाले प्रायोजन गरेको थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि