Homeमकवानपुर विशेषहेटौँडाकैलाशमा साँस्कृतिक तथा कृषिमेला

कैलाशमा साँस्कृतिक तथा कृषिमेला

हेटौंडा/मकवानपुरको कैलाश गाउँपालिकामा साँस्कृतिक कार्यक्रम तथा कृषि प्रदर्शनी मेला हुने भएको छ । कैलाशको कला, सँस्कृति, कृषि र पर्यटन प्रवद्र्धनका लागि कालिका मेलाको अवसरमा साँस्कृतिक कार्यक्रम तथा कृषि प्रदर्शनी आयोजना हुने भएको हो ।

कालिका मेला व्यवस्थापन समितिद्वारा आयोजित मेलामा कैलाश गाउँपालिकाको आर्थिक सहयोग रहने बताइएको छ । कैलाश-३ को कालिकाटारमा हुने २ दिने मेलाको ३० मंसिरमा उद्घाटन गरिने जनाइएको छ । पुस १ गते मेला समापन हुने बताइएको छ । मेलामा विशेष आकर्षणका रुपमा ऐतिहासिक मारुती नाच प्रदर्शन हुने आयोजकले जनाएको छ । मेलामा दर्जन बढी स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने आयोजकको भनाइ छ ।

चर्चित गायक उर्गेन दोङ, मकवानपुरे चर्चित गायक प्रकाश तामाङ, प्रतिमा अर्याल, रबिनकुमार प्रजा, बालिका तामाङ, अविराम मोक्तान, डीजे च्याङ्बा, सुन्दर लामा, सजन चेपाङ, राजन लामा र माझीलगायतको प्रस्तुति रहने बताइएको छ । मकवानपुरको चर्चित ब्याण्ड सिक्स स्ट्रिङ ब्याण्ड र सिर्जना कलाकेन्द्रको प्रस्तुति रहने जनाइएको छ । आयोजकका अनुसार कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता रहने मेला उद्घाटन कार्यक्रममा उपाध्यक्ष बालकुमार मल्लको विशिष्ट आतिथ्यता रहने छ ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here