हेटौंडा/पालुङ जेसीजको वर्ष २०२४ को सप्ताहव्यापी कार्यक्रमअन्तर्गत् तेस्रो दिन न्यानो कपडा वितरण गरिएको छ । थाहा नगरपालिकाका ५ जनालाई न्यानो कपडा वितरण गरिएको पालुङ जेसीज वर्ष २०२४ का महासचिव विक्रम गोपालीले बताए ।
पालुङ जेसीज वर्ष २०२४ का निवर्तमान अध्यक्ष संगम कार्कीले हजुरबुबा/हजुरआमा कृष्णबहादुर र तारादेवी कार्कीको स्मृतिमा न्यानो कपडा वितरण गरेको गोपालीले बताए । जाडो मौसममा अतिआवश्यक पाँच जनालाई न्यानो ब्ल्याङ्केट वितरण गरिएको हो । कार्यक्रम पालुङ जेसीज वर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा भएको हो । कार्यक्रममा पूर्वध्यक्ष सानोभाइ कार्की, कार्यकारिणी उपाध्यक्ष एवम् जेसीज सप्ताह मूल कार्यक्रम संयोजक मानसिं दोङ, उपाध्यक्ष एवम् सप्ताह सहमूल कार्यक्रम संयोजक नारायण कार्की, उपाध्यक्ष स्मिता बिष्टलगायतको सहभागिता थियो ।