Homeमकवानपुर विशेषहेटौँडाखेलाडीमाथि खेलवाड नगर्न आग्रह

खेलाडीमाथि खेलवाड नगर्न आग्रह

हेटौंडा/वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले खेलाडीमाथि खेलवाड नगर्न आग्रह गरेका छन् । वागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गरेको उसु प्रशिक्षक तथा रेफ्री आधारभुत तालिम उट्घाटनका क्रममा मन्त्री महर्जनले संघीय युवा तथा खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवको आन्तरिक द्वन्द्वका कारण १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गर्न नसकेको बताए ।

‘अन्तर्राष्ट्रियजगत्मा नेपालको झन्डा फर्फराएर पदक हासिल गरी राष्ट्रको पहिचान गराउने देशका चर्चित खेलाडीहरु यस्ता कारण विदेशिन बाध्य छन्,’ उनले भने-खेलाडीहरु मेडल ल्याउनका निम्ति दिनरात प्रशिक्षण गर्छ । तर, सरकारले गेम नै सञ्चालन नगरेपछि खेलाडीहरु केका लागि प्रशिक्षण गर्छन् । राज्यले खेलकुदमा लगानी गर्ने हो भने वागमती प्रदेश खेलकुदमय बनाउने मन्त्री महर्जनको भनाइ छ । यसबाट वागमती प्रदेशको खेलकुदले जस्तो अन्य प्रदेशले पनि सिक्न सक्ने उनले जनाए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ अध्यक्ष दीपक श्रेष्ठले प्रश्न गरे-मैले ८ औं र ९ औं साफ गेममा स्वणर् पदक हासिल गरें । तर, मजतिको खेलाडीको मानसम्म छैन भने अन्य खेलाडीहरुको भविष्य के होला ? प्रशिक्षण तथा रेफ्री आधारभुत कार्यक्रममा १३ जिल्लाका कोच तथा रेफ्रीहरुको सहभागिता छ ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here