हेटौंडा/पालुङ जेसीजको जेसीज सप्ताहअन्तर्गत् चौथो दिन आयोजित माविस्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा थाहा-१० स्थित नाटेश्वर मावि कक्षा-१२ की छात्रा आकृति केसी प्रथम भएकी छन् ।
समय, समूह र पूणर्ता शीर्षकमा भएको प्रतियोगितामा थाहा-३, स्कुल चोकस्थित पालुङ भ्याली हार्ट एकेडेमी कक्षा-८ की छात्रा सुमिना थापा द्वितीय र थाहा-६ स्थित सरस्वती विद्या मन्दिर स्कुल कक्षा-१० की छात्रा राशी श्रेष्ठ तृतीय भए । पालुङ जेसीज वर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको सभाध्यक्षता एवम् थाहा नगरपालिका शिक्षा शाखा प्रमुख माधबविक्रम मल्लको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा १० विद्यालयका १९ छात्रछात्राको सहभागिता थियो ।
प्रतियोगितामा प्रमुख अतिथि मल्ल, मुल कार्यक्रम संयोजक मानसिं दोङ, प्याव्सन थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, निणर्ायक कुमार नेगीले शुभकामना मन्तव्य व्यक्त गरे । सप्ताहअन्तर्गत् मंसिर १३ गते ऋषेश्वर प्रावि दामनका विद्यार्थीहरुलाई भरत-रत्न छात्रवृत्तिअन्तर्गत् शैक्षिक सामग्री वितरणको कार्यक्रम छ ।