Homeमकवानपुर विशेषहेटौँडासोलार परियोजनाबाट वागमती प्रदेशलाई लाभ

सोलार परियोजनाबाट वागमती प्रदेशलाई लाभ

हेटौंडा/असोज १० गतेदेखि १३ गतेसम्मको अविरल वर्षाका कारण क्षति पुगेका नेपालका दुर्गम गाउँहरुलाई स्थिर प्रकाशको समाधान प्रदान गर्न, गाउँलेहरुको जीवनस्तर सुधार गर्न, शिक्षाको विकासलाई समर्थन गर्नुका साथै ठूलो दयाभावको प्रवाह र चिनियाँ परोपकारको इच्छाशक्तिको प्रदर्शन गरी रोशी गाउँपालिकाका ५ सय घरधुरीलाई सोलार बत्ती वितरण गरिएको छ ।

पहिलो चरणमा परियोजनाबाट वागमती प्रदेश लाभान्वित भएको छ । काभ्रेपलाञ्चोक जिल्लाका मिन्दुपा गाउँ र सिम गाउँलाई समेट्दै लगभग ८० घरपरिवारलाई सोलार लाइट दिइयो । नोभेम्बर २६ मा ‘गाउँ उज्यालो बनाउँ’ सौर्य बत्ती दान परियोजनाले नेपालमा बाढीपीडितलाई गरेको सहयोगबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलन उक्त कुरा जानकारी गराइयो । कार्यक्रममा नेपालस्थित चिनियाँ दुतावासका काउन्सिलर छि सान, छोङ्छिङ् नगरपालिका ह्वायान शिक्षा तथा सँस्कृति फाउण्डेसनका महासचिव यिन लियाङ, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, छोङ्छिङ् ह्वायान गुम्बा मास्टर ताओ चेन, रोशी गाउँपालिका उपाध्यक्ष मीमबहादुर लामा, वडा-११ का अध्यक्ष मानबहादुर तामाङ, रसुवा जिल्ला समन्वय प्रमुख अशोक घिमिरेलगायतको उपस्थिति थियो ।

चिनियाँ काउन्सिलरले नेपाल र चीनबीच सम्बन्ध अझ प्रगाढ बनाउँदै लैजाने र बत्ती नभएका गाउँमा बत्ती बाल्ने र पिउने पानीको अभाव भएका क्षेत्रमा पानी पुर्‍याउन सकिने गरी काम अघि बढाउन पहल गर्ने बताए । नेपालका धेरै दुर्गम क्षेत्र लामो समयदेखि विद्युत् आपूर्तिको अभावको सामना गर्दै आएका छन । रातको समयमा, गाउँलेको जीवन, शिक्षा र सुरक्षामा विभिन्न समस्या रहिआएका छन् । प्रकाशको अभावले दैनिक गतिविधिमा मात्र नभइ रात्रि समयमा बालबालिकाको पढाइमा पनि धेरै असर पारेका छन्, जसले उनीहरुको भविष्य परिवर्तन गर्ने अवसरलाई कमजोर बनाउने काउन्सिलर छि सानले बताए ।

नेपालका दुर्गम गाउँहरुलाई अन्धकारको समस्याबाट मुक्त गर्न सहयोग गर्न, नेपालस्थित चिनियाँ राजदुतावास, चीनको छोङ्छिङ् ह्वायान मन्दिर र छोङ्छिङ् बत्ती स्थापना परियोजना सुरु गरेका छन् । नगरपालिका ह्वायान शिक्षा तथा सँस्कृति फाउन्डेसनले संयुक्तरुपमा ‘गाउँ उज्यालो’ सौर्य परियोजनाले नेपालका दुर्गम पहाडी क्षेत्रका ५ सय घरपरिवारलाई हरित र वातावरणमैत्री सौर्य बत्ती प्रदान गर्ने योजना बनाएको जानकारी गराइयो । बत्तीले जीवनस्तर सुधार तथा शिक्षा र दीगो विकासलाई प्रवद्र्धन गर्नेछ ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here