Homeमकवानपुर विशेषहेटौँडाप्याव्सन थाहा नगरमा पुनः प्रधान

प्याव्सन थाहा नगरमा पुनः प्रधान

हेटौंडा/निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) थाहा नगर समितिको तेस्रो अधिवेशनले सुरेन्द्रमान प्रधानलाई पुनः अध्यक्षमा सर्वसम्मत् चयन गरेको छ ।

सोमबार भएको अधिवेशनले प्रधानको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको हो । समिति उपाध्यक्षमा सजिनभक्त श्रेष्ठ, सचिव संगम कार्की र कोषाध्यक्षमा श्यामकृष्ण जोशी चयन भए । समिति सदस्यहरुमा मनोज रायमाझी, सुदर्शन कार्की र सुशील वस्ती चयन भएका छन् । समितिका सल्लाहकारद्वयमा रामकृष्ण बस्नेत र रामशरण थापा चयन भए । समितिको कार्यअवधि ३ वर्ष रहनेछ ।

अधिवेशनमा प्रमुख अतिथि प्याव्सन मकवानपुर अध्यक्ष बिनोद सुबेदीले थाहा नगरमा प्याव्सनले सकारात्मक प्रभाव पारेको बताउँदै अबको कार्यकाल शिक्षक र संस्थापकहरुको क्षमता अभिवृद्धिमा ध्यान दिन सुझाव दिए । कार्यक्रममा प्याव्सन मकवानपुरका वरिष्ठ उपाध्यक्ष राजकुमार नहर्की, प्याव्सन थाहा नगरका पदाधिकारीहरुलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here