12.1 C
Makwānpur
Homeमकवानपुर विशेषमनहरीसामुदायिक सक्रियताका कारण डँढेलो नियन्त्रण
spot_img

सामुदायिक सक्रियताका कारण डँढेलो नियन्त्रण

spot_img

हेटौंडा/मनहरी-७, बिजौनास्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहको १९ औं वार्षिक साधारणसभा भएको छ । साधारणसभालाई सम्बोधन गर्दै मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले सामुदायिक वनहरुको सक्रियताका कारण वनडँढेलो नियन्त्रणसहित र कतिपय विकास निर्माणका कामहरुमा समेत सघाउ पुगेको बताए ।

साधारणसभामा समूहकी कोषाध्यक्ष शान्ता राईले आर्थिक वर्ष २०८०/०८१ मा १ करोड १८ लाख ८८ हजार २ सय ९० रुपियाँको आयव्यय विवरण सार्वजनिक गरेकी थिइन् । चालु आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड ४ लाख ४७ हजार ६ सय २७ रुपियाँको अनुमानित आयव्यय विवरण साधारणसभामा प्रस्तुत भएको थियो ।

- Advertisement - Ad Banner

वन समूह अध्यक्ष रघुनाथ रुम्बाको सभाध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालय राप्ती अधिकृत दामोदर पाण्डे, सवडिभिजन वन कार्यालय मनहरीका प्रमुख डटेन्द्र गोले, सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला सचिव शम्भु न्यौपाने, मनहरी गाउँपालिका-७ सदस्य नवराज सुबेदी, मनकामना सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष सुरेश मुक्तानलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

डिपाड सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष डम्बर मुक्तान, राष्ट्रिय रोटरी मावि अध्यक्ष शालिकराम बानियाँ, मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति सभापति गणेशमान मानन्धर, समाजसेवी इन्द्रकुमार भोलनलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उपाध्यक्ष सोरिना सुबेदीले स्वागत गरेको कार्यक्रम सञ्चालन रुपक घिमिरेले गरेका थिए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि