21.7 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडा‘एकद्वार प्रणाली लागु गर्छु’
spot_img

‘एकद्वार प्रणाली लागु गर्छु’

spot_img

हेटौंडा/वागमती प्रदेश सरकारले आगामी दिनमा साना तथा घरेलु उद्योगीका अधिकांश समस्या समाधान गर्न एकद्वार प्रणाली लागु गर्न पहल गरिरहेको हेटौंडामा आयोजित कार्यक्रममा जानकारी दिइएको छ ।

वागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले आफू पनि उद्योगी भएका कारण नेपालका साना तथा घरेलु उद्योगका समस्याबारे जानकार भएकाले उद्योगीका समस्या समाधान गर्न बन्न लागेको ‘उद्योग नीति’ मा एकद्वार प्रणाली लागु गर्न पहल गरिने बताइन् ।

- Advertisement - Ad Banner

मकवानपुर घरेलु तथा साना उद्योग संघ मकवानपुरले आयोजनामा गरेको ‘वर्तमान अवस्थामा घरेलु तथा साना उद्योगको अवस्था’ विषयक अन्तत्र्रिmयामा मन्त्री तामाङले साना तथा स्वरोजगार उद्योगीलाई प्राथमिकतामा राखेर बजेट बनाएको दाबी गरिन् । मन्त्री तामाङले न्यून आय भएका महिलाले उत्पादन गरेका सामानले बजार नपाएको, लगानीको वातावरण नभएको र महिला उद्यमीले बिनाधितो १५ लाखसम्मको ऋणको विषय अन्यौलमा रहँदा महिला उद्यमीहरु मर्कामा परेको बताइन् ।

संघ अध्यक्ष कुमार पोखरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा उद्योग संघ मकवानपुर अध्यक्ष बद्रीनाथ शर्माले कच्चापदार्थभन्दा तयारी बस्तुमा भन्सार दर कम भएको स्मरण गराए । उद्योग परिसंघ अध्यक्ष लेखराज पोखरेलले आजका साना उद्योगी नै भोलि ठूला व्यवसायी बन्ने भएकाले साना उद्योगीलाई पँुजी आधारमा कर निर्धारण गर्नुपर्ने बताए । मकवानपुर चेम्बर अफ कमर्स अध्यक्ष माधब न्यौपानेले वाणिज्य कार्यालयको जरिवानादर ज्यादै चर्को भएकाले साँवाभन्दा ब्याज बढी नहुने व्यवस्था मिलाउन आग्रह गर्दै उद्योगी/व्यवसायीलाई पनि राज्यले निवृत्तभत्ता व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

संघ उपाध्यक्ष रामहरि चौलागाईंले स्वागत मन्तव्य र सचिव राजु खतिवडाले सञ्चालन गरेको कार्यक्रममा उद्योग वाणिज्य संघ उपाध्यक्ष प्रमोदसिं रानाभाट, गीता मैनाली, प्रतिमा श्रेष्ठ, घरेलु तथा वाणिज्य कार्यालय प्रमुख रामप्रसाद भुसालले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । अन्तत्र्रिmयाका सहभागी महिला उद्यमीले उपमहानगरपालिका, वडा कार्यालय, उद्योग तथा वाणिज्य कार्यालय र कर कार्यालयलगायत धेरै कार्यालयमा दर्ता गराउनुपर्ने बाध्यकारी अवस्था अन्त्यको माग गरेका थिए । यी समस्या निराकरण गर्न एकद्वार प्रणाली लागु गर्न अतिआवश्यक भएको उनीहरुले बताएका थिए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि