हेटौंडा/काभ्रेपलाञ्चोक जिल्लास्थित झ्याम्बल कृषि फर्म उद्योग प्रालिले वागमती प्रदेशकै सर्वोत्कृष्ट उद्यमी पुरस्कार प्राप्त गरेको छ ।
दशौं राष्ट्रिय उद्योग दिवसका अवसरमा वागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले आयोजना गरेको नवप्रवद्र्धन उद्यमी सम्मान कार्यक्रममा वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उक्त उद्योगकी सञ्चालक कमला लामालाई नगद १ लाखसहित सर्वोत्कृष्ट उद्यमीका रुपमा सम्मान गरेका हुन् । भोगटेको बोक्राको सेतो भागबाट क्यान्डी उत्पादन गर्दै आएको उक्त उद्योगले १५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।
कार्यक्रममा वागमती प्रदेशका १३ वटै जिल्लाका उत्कृष्ट उद्यमीलाई नगद ४० हजारसहित सम्मान गरिएको थियो । उत्कृष्ट उद्यमी सम्मान पाउनेहरुमा मकवानपुर जिल्लाबाट हेटौंडा-१५ स्थित केम्हेन्दो एकीकृत कृषि फार्म, निलकण्ठ नगरपालिका-८, धादिङस्थित युनिक पशुपक्षी तथा कृषि फार्म, रसुवा जिल्ला उत्तरगया गाउँपलिका-५ मा रहेको रसुवा एसएस टेलर्स एण्ड स्यानिटरी प्याड तथा मास्क उद्योग छन् ।
दूधौली नगरपालिका-४, सिन्धुलीस्थित वरपिपल दुनाटपरी उद्योग, चन्द्रागिरी नगरपालिका-११, काठमाडौंको ओम फुड प्रोडक्ट, ललितपुर वागमती गाउँपालिका-१ को सिर्जनशील कृषि फार्मले पनि उत्कृष्ट उद्यमी पुरस्कार पाएका छन् । गौरीशंकर गाउँपालिका-५, दोलखाको सुरी मौरीपालन तथा घार उद्योग, नुवाकोट जिल्लास्थित नवयुवा कृषि फार्म, भक्तपुरको लक्ष्मी चिउरा उद्योग उत्कृष्ट उद्योगका रुपमा सम्मानित भएका छन् । सिन्धुपाल्चोकको कफी सहकारी उद्योग, रामेछापको मन्थली डिलक्स एग्रो फरेस्टी र काभ्रेपलाञ्चोकको बीजेएस ह्याण्डीक्राफ्ट एण्ड पनौती सेभियर हाउस छन् ।
प्रदेशका मुख्यमन्त्री लामाले विश्व बजारमा प्रतिस्पर्धा गर्नु अहिलेको चुनौती रहेको बताए । मुख्यमन्त्री लामाले युवा पलायनलाई रोक्न सकेमात्र विश्व बजारमा बढिरहेको चुनौतीको सामना गर्नसक्ने बताए । उद्योग दिवस तथा नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रममा उनले युवाशक्ति पलायन रोक्न देशभित्र रोजगारीको सिर्जना गर्नुपर्ने उल्लेख गरे ।
देशमा उद्योगधन्दालाई संरक्षण गरे रोजगारी अवसरको सिर्जना हुने उनको भनाइ छ । मुख्यमन्त्री लामाले नयाँ उद्योगहरु सञ्चालन गर्न लगानीकर्ताहरुलाई सुरक्षाको अनुभूति दिनुपर्ने बताए । उद्योग र उद्योगीहरुलाई हेर्ने दृष्टिमा समेत परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले उद्योग क्षेत्रको विकासको लागि प्रदेश औद्योगिक व्यवसाय ऐन संशोधन गर्ने तयारीमा सरकार रहेको बताइन् । प्रदेशको उद्योग तथा वाणिज्य नीति बनाउन नीति संवाद सुरु भइसकेको उनले बताइन् । मन्त्री तामाङले स्थानीय बजार र उत्पादनलाई प्रोत्साहन गरे अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिने उल्लेख गरिन् । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, १३ वटै जिल्लाका उद्यमीहरुलगायतको उपस्थिति थियो । दिवसको अवसरमा मन्त्रालयको परिसरमा उत्कृष्ट उद्यमीहरुको स्टलसमेत राखिएको थियो । (पष्कबल)