Homeमकवानपुर विशेषहेटौँडाचित्रेपानी वन अध्यक्षमा बिडारी

चित्रेपानी वन अध्यक्षमा बिडारी

हेटौडा/हेटौडा-६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहको २३ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । हेटौंडा-१५ का वडा अध्यक्ष सुनील मुक्तानको प्रमुख आतिथ्यता एवम् समूहका अध्यक्ष सूर्यबहादुर घलानको सभाध्क्षतामा साधारणसभा भएको थियो ।

सभाको बन्दसत्रले भानुप्रताप बिडारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत् चयन गरेको छ । समिति उपाध्यक्षमा हरिप्रसाद दाहाल, सचिवमा श्वेता लामा र कोषाध्यक्षमा सबिना बिक चयन भएका छन् । सदस्यहरुमा निलप्रसाद पौडेल, मनोज परियार, नलबहादुर लम्साल, चन्द्रबहादुर भ्लोन र दुर्गा सापकोटा चयन भएका छन् । लेखा समिति संयोजकमा सुरज घलान चयन भएका छन् ।

साधारणसभा उद्घाटन कार्यक्रममा समूह अध्यक्ष घलानले संस्थागत् प्रतिवेदन, सचिव रजनी गौतमले प्रगति प्रतिवेदन र लेखा संयोजक भानुप्रताप बिडारीले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । साधारणसभामा समूहलाई विभिन्न क्षेत्रमा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

सभामा डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत राकेशप्रसाद चन्द्रवंशी, सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय सदस्य रामहरि चौलागाई, मकवानपुर अध्यक्ष साधुराम चौलागाई, सवडिभिजन वन कार्यालय हेटौंडाकी वन अधिकृत सबिना रिजाल, डाबर नेपालका एसोसिएट मेनेजर विष्णु केसी, सेवानिवृत कर्मचारी यदुकुमार घिमिरे, सञ्चारकर्मी भीमसेन पौडेल, डँढेलो नियन्त्रणमा सहयोग गर्ने सुभास वाइबालाई सम्मानित गरिएको थियो ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here